प्रधानमन्त्री ओली आज भियतनाम जाँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली आज विहीवार भियतनाम भ्रमणका लागि प्रस्थान गर्दै हुनुहुन्छ । ४२ सदस्यीय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै भियतनाम पुग्ने उहाँ त्यसपछि कम्बोडिया जानुहुनेछ ।

प्रधानमन्त्री ओली विहान साढे ११ बजे नेपाल एयरलाइन्सको चार्टड विमान मार्फत भियतनाम प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भियतनामी समकक्षी गुयेन युवान फुकको औपचारिक नियन्त्रणमा उहाँले ४ दिन सो मुलुकको भ्रमण गर्दै हुनुहुन्छ भने यसक्रममा दुवै मुलुकबीच हवाई उडानसहित द्धिपक्षिय सहयोगका अन्य विषयमा सम्झौता हुने बताइएको छ ।
भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँ आयोजना हुने ‘बुद्ध अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

भियतनाम भ्रमण पश्चात ओलीले कम्बोडियाको समेत भ्रमण गर्दै हुनुहुन्छ । सो मुलुकसँग पनि द्धिपक्षिय व्यापारका विषयमा सम्झौता र सहकार्य हुने परराष्ट्र स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको साताव्यापी लामो भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदाश बैरागी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, बाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी संलग्न हुनुहुन्छ ।

यसैगरी प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, विभिन्न दलका सांसद, नेपाल उद्योग बाणिज्य महासंघका वर्तमान र पूर्व पदाधिकारी सहभागी रहने बताइएको छ ।