प्रहरी जवान अनिल चौधरीले भने: म घुस खुवाएर प्रहरी भएको हुँ, मलाई फसाईयो


दाङ , प्रहरीमा जागीर खानका लागि पत्रकार लाई ढाईलाख रकम दिएको हुँ भनी दाङमा पत्रकार सम्मेलन गरी झुट्ठा अभिव्यक्ति दिने अनिल चौधरी कास्की प्रहरीमा कार्यरत रहेको रहस्योद्घाटन भएको छ ।

दाङ जिल्ला राप्ति गाँऊपालिका मौरीघाटका अनिल चौधरी कास्कि जिल्लाको कारागारमा सुरक्षर्थ खटिएका छन् । चौधरी प्रहरी जवान हुन् ।

प्रहरी जवान अनिल चौधरी र सोही स्थान निबासी मेघराज खड्काले सोमबार बैसाख २३ गते नेपाल पत्रकार महासंघ दाङ साखाको सभाहलमा दाङका क्रियासील पत्रकार सागर थापा लाई आफले नेपाल प्रहरीमा जागीर खान २ लाख ५० हजार रुपैयाँ दिएको तर सागर थापाले भने बमोजिम आफुलाई प्रहरीमा जागीर नखुवाई ठगीगरेको आरोप लगाएका थिए ।

उनले पत्रकार सम्मेलन गर्दा क्रान्तिकारी पत्रकार संघ दाङका अध्यक्ष प्रकाश चौधरीले “तिमी त पुलीस होईनौ र ? भनी सोध्दा प्रहरी जवान अनिल चौधरीले म प्रहरी होईन भन्ने जवाफ दिएको प्रकास चौधरीले बताउनुभयो ।

प्रहरी जवान अनिल चौधरीले पत्रकार सम्मेलनमा पत्रकारहरुलाई आफु प्रहरी नभएको र सागर थापाले आफुलाई प्रहरी बनाईदिन्छु भन्दै करीब अढाईलाख रकम ठगीगरेको आरोप लगाएका थिए ।

जबकी अनिल चौधरी आफ्नै क्षमता र दक्षताले नेपाल प्रहरीको सेवामा प्रवेश गरेका व्यक्ति हुन् ।

पछिल्लो समयमा पत्रकार सागर थापा माथी पुर्वग्रहही भएर लागेका केही भ्रष्ट पत्रकारहरुको षडयन्त्रमा परी आफुले त्यस्तो अभिव्यक्ति दिएको चौधरीले बताएका छन् ।

थापाले मेघराज खड्का संग व्यक्तिगत घरायसी कामका लागि रकम सापटि लिएको भनि श्रावणको २० गते भित्र साँवा र ब्याज समेत तिर्नैगरी बैसाख २० गते मेघराज खड्काको नाममा कपालीतमसुक समेत गरीदिएका छन् ।

व्यक्तिगत रीसिवी साँध्न र प्रहरी संग विवाद् बढाउनका लागि ईन्द्रेणी एफ.एम. ९२.४ मेगाहर्जका स्टेसन म्यानेजर तथा जागरण अनलाईनका व्यवस्थापक देव यादव, इन्द्रेणी एफ.एममा कार्यरत पत्रकार छवि पुरी र पत्रकार आचारसंहिताको गंभीर उल्ल्ंघन गरी भर्खर महासंघको साधारण सदस्य बाट बर्खास्तगीमा परेका जागरणअनलाईनका सम्पादक निशान दाजु भट्टराई देव यादवको गाडि लिएर अनिल चौधरीलाई लिन मौरी घाट पुगेको श्रोतको दावी छ ।

पत्रकार सम्मेलन पस्चात प्रहरी जवान अनिल चौधरीले आफुलाई स्पष्टरुपमा केही पत्रकारहरुले फसाएको र सागर थापा संग केही पनि आर्थीक लेनदेन नभएको बताएका छन् ।

“ म प्रहरी हुँ मलाई फसाईयो ” चौधरीले भन्नुभयो । सागर थापा संग मेरो कुनै लेन देन छैन । म सागर थापालई स्पष्टरुपमा चिन्दैन चौधरीले एबिसी संचार संगको कुराकानी मा भन्नु भयो ।

यता थापाले सोमबारै एक बिज्ञप्ति जारी गर्दै पत्रकार सागर थापाले आफुले कसैसंग प्रहरी बनाईदिन्छु भन्दै रकम असुल नगरेको स्पष्ट पारेका छन् । आफ्नो चरीत्रहत्या गर्नै उदेस्य बाट अभिप्रेरति भई प्रहरी जवान चौधरी लाई माधव चौधरी तथा पत्रकारहरुको टोलीले उक्साएको स्पष्ट देखिएको छ ।

पत्रकार थापाले गलत र भ्रामक अभिव्यक्ति दिने प्रहरी जवान अनिल चौधरी लाई अनुसन्धान गरी सेवा बाट बर्खास्त गर्न नेपाल प्रहरी संगठनलाई आग्रह गर्नुभएको छ ।

२०७३ सालमा थापाले प्रहरी बनाई दिन्छु भन्दै जनही २ लाख ५० हजार लिएको तर प्रहरीमा भर्ना गराउन असफल भएछि तत्काल कीन रकम माग गरीएन ? थापाले प्रस्न गर्नुभयो ।

थापा द्धारा हस्ताक्षरीत बिज्ञप्तिमा भनिएको छ यस्तै थापाले यदि मैले सम्बन्धित व्यक्तिहरु संग प्रहरी बनाईदिन्छु भनेर पैसा लिएको भए प्रहरी मा नाम ननिक्लीएपछि तुरुन्तै एक्सनमा किन गईएन ? यति लामो समय पछि पत्रकार सम्मेलन गरी मेरो चरीत्र हत्यागर्नुको पछाडि कारण के ? भनि प्रतिप्रस्न समेत गर्नुभयो ।

प्रहरीले नै न्याए पाएन भन्दै पत्रकार सम्मेलन गरेको भन्दै थापाले काँस्कि प्रहरीमा कार्यरत अनिल कुमार चौधरी स्वयं उपस्थित भएर आयोजना गरीएको पत्रकार सम्मेलनमा नेपाल प्रहरीका जिम्म्ेवार व्यक्ति उपस्थित हुनु आफैमा अर्थपुर्ण छ के उनि पनि घुस खुवाएर प्रहरी भएका हुन् यदि हुन् भने उनलाई निलम्बन किन नगर्नै ? बहालवाला प्रहरी कै उपस्थितीमा के पत्रकार सम्मेलन गर्न आवस्यक थियो ? प्रहरी वा अदालत जस्ता न्यायीक निकायहरुमा कीन गईएन ? थापाको प्रस्न छ ।

समाचारमा ममाथी लगाईएको आरोप तथ्यहीन र कपोलकल्पित रहेको छ । अतिरंजित तरीकाले प्रकासीत समाचारमा कुनै सत्यता नभएको र मेरो सार्वजनीक सामाजीक मान प्रतिष्ठा मा आघात पुग्नेगरी लगाईएको आरोप को खण्डन गर्दछु बिज्ञप्तिमा भनिएको छ ।