प्रहरीलाई आईजीपी खनालको निर्देशनः विकासमा अवरोध पुर्याउने शक्तिसँग कडा रुपमा प्रस्तुत हुनुस्

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रपलान्चोक परिसरमा निमित सुविधा सम्पन्न हिरासत कक्ष, व्यारेक भवन र मेसको उद्घाटन सम्पन्न भएको छ ।

एक समारोहबीच सम्पन्न भएको उक्त कार्यक्रममा प्रहरी महानिरीक्ष सर्वेन्द्र खनालले आफ्नो अवधारण अनुसार नेपालको मौलिकता परिवेश समाज, वातावरण अनुरुप अध्ययन, विष्लेषण गरी तयार गरिएको ‘समुदाय प्रहरी साधझेदारी कार्यक्रम र यसको प्रभावकारीता र हालसम्म भएका उपलब्धी सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।


उहाँले भन्नुभयो, ‘प्रहरी संघठनले गती लिएको अवस्था रहेको र सरुवा, बढुवामा उल्लेखीय प्रगती भएको छ । वर्तवान अवस्थामा प्रहरीले २ वटा अन्तराष्ट्रिय सम्मान र हालै मात्र नेपाल सरकार संचार तथा सूचना मन्त्रालयबाट प्रदान गरिएको पुरस्कार पाउन सफल भएको छ । यस्तै नेपाल प्रहरी बेरुजु फ्रच्योटमा प्रथम भई सम्मानीत पनि भएको छ ।’

समारोहमा सम्पुर्ण सफल दर्जाका प्रहरी कर्मचारीलाई कानुनी कानुन अनुसार विवेकपूर्ण हिसावले सेवा प्रदान गर्न उहाँले निर्देशन दिनुभएको थियो । यस्तै उहाँले प्रहरी सधै जनताको सेवामा समर्पित र साथि बनेर भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

यस्तै विकासको निर्माणमा अवरोध दिने कुनै पनि शक्तिलाई प्रहरी कडा रुपमा प्रस्तुत हुन् समेत आग्रह गर्नुभएको थियो । प्रहरी महानीरीक्षक सर्वेन्द्र खनालले प्रहरी सधैं जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभएको थियो ।