विदेशी फिल्मलाई कसले व्यवस्थित गर्ने ?: मिलन चाम्स

0
Shares

निर्देशक मिलन चाम्सले आफ्ना अहिलेसम्मका फिल्ममध्ये वीरविक्रम २ हालसम्म आफूले निर्देशन गरेका फिल्ममध्ये चित्त बुझ्दो भएकोे दाबी गरेका छन्। निर्देशक चाम्सले बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा वीरविक्रमजस्तो आप्mनो कुनै फिल्म हुन नसक्ने भए पनि वीरविक्रम २ अहिलेसम्म आफूले निर्देशन गरेकामध्ये चित्त बुभ्mदो फिल्म भएको दाबी गरेका हुन्।

‘वीरविक्रमजस्तो बलियो कुनै फिल्म हुन सक्दैन। तर वीरविक्रम २ चाहि“ मैले निर्देशन गरेका फिल्ममध्ये चित्त बुझ्दो र उत्कृष्ट फिल्म हो।’ –उनले भने। उनको वीरविक्रम २ आगामी जेठ ३ गते अल नेपाल रिलिज हु“दै छ। उनका अनुसार कथानक हिसाबले नै वीरविक्रमको सिक्वेल बनाउने सोच भए पनि त्यसका कलाकारको समय नमिलेका कारण फरक कलाकार लिएर वीरविक्रम २ बनाएका हुन्। ‘वीरविक्रम वानको चरित्रलाई दर्शकले मन पराइदिनुभयो। वीरविक्रम २ हेर्दाखेरी दर्शकले पहिलेको पात्रहरूलाई खोज्नु स्वाभाविक नै हो।

तर फिल्म हेरिसकेपछि दर्शकलाई त्यस्तो अनुभव हु“दैन। मलाई लाग्छ जजसले वीरविक्रम वानको कलाकार खोज्नुभएको छ, उहा“हरू ती कलाकारलाई नपाए पनि निरास भने बन्नु हुन्न। किनभने मेरो विचारमा वीरविक्रम वानभन्दा टु झनै राम्रो बनेको छु।’ –मिलनले भने। मिलनले पछिल्लो समय नेपाली फिल्म क्षेत्र खस्क“दो अवस्थामा गुज्रिएको र यसको दोषी सबै भएको दाबीसमेत गरे। ‘हामी निर्माता, कलाकार, दर्शक तथा पत्रकार सबै दोषी छौं। अहिले पनि हलिउड र बलिउडका सिनेमालाई प्रायोरिटी दिइरहिएको छ। जसले गर्दा नेपाली फिल्म पेलिइरहेको छु’, मिलनले भने– ‘यसविरुद्व हामी सबैले आवाज उठाउनु जरुरी छ। त्यही दिन रिलिजमा आउन लागेको जात्रै जात्रा मेरो प्रतिस्पर्धी फिल्म होइन, नेपाली फिल्म चल्नुपर्छ। त्यो फिल्म चल्दा म खुसी हुन्छु। १ भन्दा बढी विदेशी फिल्म हाम्रो प्रतिस्पर्धामा छ। यसलाई व्यवस्थित कसले गर्ने?’


फिल्मका नायक पल शाहले आफ्नो १४ महिनाको ग्यापमा आउन लागेको फिल्मबाट दर्शक निरास नहुने दाबी गरे। ‘म यस्तो एक्टिङ गरेको छु भनेर आप्mनै मूल्यांकन गर्ने स्थानमा त पुगिसकेको छैन। तर पहिलका फिल्मभन्दा आफूलाई निखार्ने ट्राई गरेको छुु।’ –पलले भने।

नायिका वर्षा शिवाकोटीले पुरुष प्रधान समाजमा महिला केन्द्रित फिल्म बन्न जरुरी भएको बताइन्। ‘वीरविक्रम २ मा मेरो छुट्टै स्ट्रगलिङ कहानी छ। यो पूरै महिला केन्द्रित नभए पनि छोरी मान्छे भएर छोराको जिम्मेवारी निभाउनुपर्छ भन्ने सन्देशमूलक मनोरञ्जक फिल्म बनेको छ। यस्तैखाले फिल्म बनेर इन्डस्ट्रीमा फिमेल आर्टिस्टहरूले राम्रो स्पेस पाउन जरुरी छु।’ –उनले भनिन्।

अर्का कलाकार बुद्धि तामाङले यस फिल्ममा अरू फिल्मभन्दा फरकरूपमा प्रस्तुत भएको बताए। ‘म यसमा केही नेगेटिभरूपमा प्रस्तुत भएको छु। तर आफ्नो प्याटर्नलाई भने छोडेको छैन।’ –बुद्धिले प्रस्ट पारे। फिल्मका लेखक प्रदीप भारद्वाजले फिल्म संसारमा बनेका अन्य दोस्तियारीको कथाभन्दा फरक भएको बताए। ‘अहिले मानिसहरूका बीचमा ट्र्यु फ्रेन्डसिप हराइरहेको छ। कमेडी र लभ स्टोरी सिनेमा बनिरहेको अवस्थामा दोस्तियारीको विषयमा यो फिल्म छ।

यसको पटकथाको कुरा गर्ने हो भने कुनै एउटा सिन काटेर फाल्ने हो भने अर्को सिन कम्प्लिट हु“दैन।’ –प्रदीपले भने।
चाम्स इन्टरटेन्मेन्ट र लन्डन सिने आईको प्रस्तुतिमा निर्मित फिल्मका अन्य कलाकारमा क्षितिज सुवेदी, नाजिर हुसेन, देशभक्त खनाल, वेनिषा भण्डारी रहेका छन्।