कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न-नगराउन विद्यार्थी संगठनको आग्रह

0
Shares

काठमाडौं । सत्तारुढ चार विद्यार्थी संगठनले सञ्चार प्रदायक संस्था एनसेलले सरकारलाई बुझाउनु पर्ने कर नबुझाएसम्म एनसेलको सिम प्रयोग नगर्न–नगराउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

सर्वोच्च अदालतले आफूले तिर्नुपर्ने कर तिर्न गरेको सात दिनको समयसीमालाई वेवास्ता गर्दै उल्टै मुद्दा मामिलामा लाग्नु एनसेल कम्पनीको खेदजनक कार्य भएको भन्दै ती विद्यार्थी संगठनले आपती समेत जनाएका छन् ।

अनेरास्ववियु अध्यक्ष नविना लामा, वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा), अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ र युवासंघ नेपालका अध्यक्ष रमेशकुमार पौडेलले बिहीबार एक संयुक्त विज्ञप्ती जारी गरी सर्वोच्चको फैसला अनुसार एनसेलले २४ घण्टाभित्र तोकिएको कर नतिरे दवावमुलक कार्यक्रम गरिने उल्लेख गरेका छन् ।

एनसेलले राज्यलाई बुझाउनु पर्ने करबाट कुनै पनि हालतमा उन्मुक्ति नदिन सरकारलाई आग्रह गर्दै विज्ञप्तीमा करबाट तिर्न बहानाबाजी गर्नुको सट्टा यथाशिघ्र कर तिर्न एनसेल कम्पनीलाई आग्रह गरिएको छ ।

याे पनि हेराैं । पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता तथा एनसेलको विपक्षमा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारी

https://youtu.be/XJ8ZVQmGlf0