आज लोकतन्त्र दिवस: नागरिकका सपना अझै पूरा हुन सकेनन्

0
Shares

काठमाडौँ । आज तेह्रौं लोकतन्त्र दिवसदेशभर विभिन्न कार्यक्रमहरु गरी मनाइदैछ ।

२०६/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइएको हो । जनताको बलिदानीबाट प्राप्त लोकतन्त्र आएता पनि जनताले अपेक्ष गरे अनुसार अझै विकास र समृद्धि हुन सकेको छैन ।

जनताको चाहना तथा सपना भनेको नै विकास र समृद्धि हो । विकासको साथमा रोजगारी, शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा, भ्रष्टाचार, हिंसा, बलत्कार लगायतका अपराधिक गतिविधि मुक्त देशको अपेक्षा गरेका आम नेपालीको सपना पुरा हुन सकेको छैन ।

संघीयता कार्यान्वयनसँगै गाउँगाउँमा सिंहदरबार पुगेको छ । घरदैलोमै जनप्रतिनिधि पुग्छन् । लोकतन्त्रकै बलमा यी सबैथोक भए पनि नागरिकले अझै लोकतन्त्रको अनुभूति गर्न पाइएन भन्ने गुनासो गर्छन् ।

जति नै ठूला-ठूला परिवर्तनकाे कुरा गरे पनि नागरिकले लाेकतन्त्रकाे आभाष गर्न पाएका छैनन् । दिनदिनै नेता र कर्मचारीका बेथिति र भ्रष्टाचारका समाचारले नागरिक वाक्कदिक्क मात्रै हाेइन, निराश हुँदै गएका छन् । त्यसैले हाेला बद्री पङ्गेनीले गीतमा भनेझैँ आम नेपाली भन्ने गर्छन्, ‘अझै नि लाेकतन्त्र आ’काे छैन है ! जनताले भनेझैँ भा’काे छैन है !’

लोकतन्त्र स्थापनापछि शान्ति प्रक्रिया निष्कर्षमा पुगेसँगै संविधान कार्यान्वयनमा आएको छ । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।

संविधानसभाबाट बनेको संविधानले गणतन्त्र, संघीयता र धर्म्निरपेक्षतालाई संस्थागत गरेको छ । संघीय शासन प्रणालीको अभ्यास सुरु भएको छ । स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको चुनाव सम्पन्न भएर जनप्रतिनिधिले काम थालेका छन् ।

दपरिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन् ।