डडेल्धुरा बस दुर्घटनाः ७ को मृत्यु २० घाईते

0
Shares

डडेल्धुरा । डडेल्धुराको साहुखर्कमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन्

धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्वरको बस विहान साढे ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

मृतको अहिले सम्म सनाखत हुन सकेको छैन्।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरिक्षक नेतृत्वको टोली गएको छ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।