आज र भाेली मेघगर्जन सहित वर्षा हुने

0
Shares

काठमाडौं । बुधबार देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी रातिको समयमा देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भु–भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बिहिबार दिउँसो देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भु–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ।

बिहीबार रातिको समयमा देशको पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बांकी पहाडी भु–भागमा आंशिक बदली रहि तराईका भू–भागहरुमा सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।