मान्छे फकाएर आफ्नो हुँदैन


लामो समय अमेरिका बसी नेपाल अमेरिका आउने जाने गर्दै आएका अभिनेता दिलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो मान्छे फकाएर आफ्नो हुँदैन सार्वजनिक गरिएको छ।

फिल्मी शैलीमा तामझामका साथ थुप्रै कोरस प्रयोग गरेर निर्माण गरिएको भिडियोमा दिलिपलाई जोडीका रूपमा मोडल अलिशा शर्माले साथ दिएकी छिन्। चर्चित लोक गायक गायिका बद्री पंगेनी र विष्णु माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत विनोद पराजुलीको रहेको छ।

शुभारम्भ डिजिटलका लागि शम्भु कुँवरको प्रस्तुतिमा तयार भएको गीत छिट्टै लोकप्रिय हुने विश्वास आफूलाई रहेको गायक बद्रीले बताए। काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन तथा दीपक विष्टको सम्पादन रहेको छ।