कामना न्युज पब्लिकेसनका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको दुखद निधन

0
Shares

काठमाडौं । कामना न्युज पब्लिकेसन प्रा.लि. का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको दुखद निधन भएको छ ।

पाँच महिनासम्म जीवनसँग कठिन संघर्ष गर्दा गर्दै, चिकित्सकको लाखौं कोशिसका बाबजुत  कामना न्युज पब्लिकेसन प्रा.लि. का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठलाई बचाउन नसकिएको पब्लिकेसनले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उहाँको २०७६ वैशाख ४ गते विहान ११ बजेर ४९ मिनेटमा ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

‘करिब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उहाँको स्वास्थ्य स्थिति सामान्य रहे पनि मृगौलाको पत्थरीको शल्यक्रियापश्चात उहाँमा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गए ।’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा ‘स्वास्थ स्थितिमा समस्या बढ्दै गएका कारण उहाँलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरियो । नर्भिक अस्पतालमा केही दिनको उपचारका क्रममा चिकित्सकहरुले उहाँलाई Guillain-Barré syndrome (GBS) virus को संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर ग¥यो ।’ भनिएको छ ।

मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उहाँलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याएको र काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेपारीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेपारीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।

उहाँको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उहाँमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि एक महिना अघि नेपाल मेडिसिटी अस्पताल पु¥याएर सघन उपचार कक्षमा उपचार गरिएको थियो । नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचारमा उहाँको उपचार गर्दै गर्दा स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेपछि पहिलेदेखि नै उहाँको उपचारमा संलग्न चिकित्सकसँगको परामर्श र भारतीय चिकित्सकको सुझाव अनुरुप पुनः नर्भिक अस्पतालमा नै राखेर उहाँको उपचार हुँदै आएका कामना पब्लिकेसनले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।

 

यस्ताे छ पुष्करलाल श्रेष्ठकाे ‘बायाेडाटा’

Bio-data of Pushkar sir