किम शिरबन्दी लगाएरचर्च पसेपछि…

0
Shares

हलिउडकी बोल्ड टेलिभिजन स्टार किम कार्डसियन बेलाबेला विभिन्न कारण चर्चामा आउने गर्छिन्। उनी एक पटक फेरि शिरबन्दी लगाएका कारण ट्रोलको शिकार भएकी छिन्।

एजेन्सीका अनुसार ३८ वर्षीया किमले इन्स्टाग्राममा सन्डे सर्विस भाइब क्याप्सनका साथ एक फोटो शेयर गरिन्। सेतो कपडामा शिरबन्दी लगाएर चर्चमा खिचेको यो फोटो उनका केही फलोअर्सलाई भने मन परेन। उनी चर्चमा जा“दाको पोसाक र गहनाका कारण धेरैले सांस्कृतिक महŒवका बारे केही पनि थाहा नभएको गुनासो पनि गरेका छन्।

एक व्यक्तिले कमेन्टमा लेखेका छन्– ‘यो सन्डे भाइब हैन, इन्डियन भाइबचाहि“ रहेछ।’ त्यस्तै केही व्यक्तिले भने किमलाई शिरबन्दी भारतीय महिलाको विवाहमा दुल्हाले लगाइदिने सांस्कृतिक आभूषण र सेतो लुगा भारतीय रीतिअनुसार अन्त्येष्टिका बेला लगाउने पोसाक भएको किमलाई थाहा नभएकोजस्ता कमेन्ट पनि पोस्ट गरेका छन्। तर केही उनका फलोअर्सले भने किमको पोसाकमा कुनै पनि खराबी नभएको प्रतिक्रिया व्यक्त गरेका छन्।