दालभातका लागि संघर्षको कथा फिल्ममा

0
Shares

हेटौंडा, (नेस)। दाल भात तरकारी फिल्मको कलाकार टोली देश दौडाहामा छन्। यसै क्रममा हेटौंडाबाट फिल्मको नया“ पोस्टर सार्वजनिक गरिएको छ।

पत्रकार सम्मेलन गर्दै फिल्मका प्रस्तुतकर्ता किरण केसीले पोस्टर सार्वजनिक गरे। कार्यक्रममा हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, आ“चल शर्मालगायत सहभागी थिए। कार्यक्रममा आचार्यले चलचित्र मनोरञ्जनपूर्ण रहेको बताए। नेपालीले दाल, भात र तरकारीका लागि गर्नुपर्ने मेहनतको कथा र नेपालमै पनि दाल, भात र तरकारीका लागि दुःख गर्नुनपर्ने सन्देश फिल्मले दिने उनले बताए।

शुद्ध नेपाली कथाको आधारमा आफूले कथा लेखेको आचार्यले बताए। फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, आ“चल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, वसुन्धरा भुसाल, सन्दीप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बाङ्देल, विल्सनविक्रम राई, सुरेन्द्र केसीलगायत कलाकारको अभिनय छ भने हरिवंश आचार्यको कथा, पटकथा तथा संवाद छ। किरणका छोरा सुदन केसीले चलचित्र निर्देशन गरेका हुन्। फिल्म आगामी वैशाख २० गते रिलिज हुने निर्माता केसीले जानकारी गराए।