कांग्रेसको एकमहिने जागरण अभियान

0
Shares

 

काठमाडौं । पार्टीको संगठन सुधार्न तथा सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्ने भएको छ । अभियानमा महासमिति बैठकबाट पारित गरिएको नीति तथा कार्यक्रम, संशोधित विधानबारे मात्र नभई कांग्रेसको नीति रणनीतिबारे पनि स्थानीय तहसम्म सुसूचित गरिनेछ ।

तीन चरणमा गर्न लागिएको जागरण अभियानलाई जिल्ला, निर्वाचन क्षेत्र हुदै स्थानीय तहसम्म पु¥याउने तयारी भइरहेको छ । पहिलो चरणअन्तर्गत एकमहिने जागरण अभियान वैशाख ११ बाट जेठ ११ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो चरणको अभियान भदौ २४ बाट असोज ७ गतेसम्म १५ दिन चल्नेछ । तेस्रो चरणको अभियान भने पुस ७ बाट पुस १६ सम्म १० दिन सञ्चालन हुनेछ ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएअनुसार पहिलो चरणमा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनेछन् भने दोस्रो चरणमा प्रदेशको ३ सय ३० निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि जानेछन् । तेस्रो चरणमा ७ सय ५३ गाउँ नगरमा केन्द्रीय प्रतिनिधि खटिएर जागरण अभियान सञ्चालन गरिनेछ ।