क्रिकेट रंगशाला निर्माणका लागि यात्राको सहयोग

0
Shares

भोलि शुक्रबार अल नेपाल रिलिज हुने फिल्म यात्रा ः अ म्युजिकल भ्लगको निर्माण समूहले धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५० हजार नगद सहयोग गरेको छ।

फिल्मका निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ तथा निर्माता सुशील पोखरेलले संयुक्तरूपमा सहयोग हस्तान्तरण गरेका हुन्। सहयोग ग्रहण गर्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले सहयोगप्रति आभार व्यक्त गरे। ‘थोपा थोपा मिलेर समुद्र बनाउने कोसिसमा छौं। त्यसैले यो सहयोग हाम्रा लागि अमूल्य छ।’ –सीतारामले भने। त्यसै गरी प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले रंगशाला निर्माण अभियानमा आफूहरूले गरेको सानो सहयोग अरूका लागि प्रेरणा बन्न सक्ने बताए।

सम्राट शाक्यको डेब्यु निर्देशनमा बनेको फिल्ममा सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा वज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कु“वर, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतले अभिनय गरेका छन्।