अष्ट्रेलियामा आमनिर्वाचनको मिति घोषणा

0
Shares

एजेन्सी । अस्ट्रेलियामा आमनिर्वाचनको मिति घोषणा भएको छ ।

अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार निर्वाचन मिति घोषणा गर्दै मे १८ मा अस्ट्रेलियनहरूले मतदान गर्ने बताएका छन् ।

सत्तारुढ दल कन्जरभेटिभ र बिल सर्टनले नेतृत्व गरेको लेबर पार्टीबीच आसन्न निर्वाचनमा प्रतिस्पर्धा हुने ठानिएको छ ।

अस्ट्रेलियाको प्रतिनिधिसभामा १५१ र सिनेट (माथिल्लो सभा)मा ७६ सिट छन् । प्रतिनिधिसभाका सम्पूर्ण स्थानमा प्रत्यक्ष निर्वाचन हुनेछ । तर, सिनेटको निर्वाचन प्रक्रिया केही फरक छ । कूल ७६ मध्ये आधा स्थानका जनप्रतिनिधि मात्रै प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट छनोट हुनेछन् ।