सपिंङ कम्प्लेक्समा भयानक आगलागी

0
Shares

बैंकक,(एजेन्सी)
थाइल्यान्डको बैंकक सपिंग मल कम्प्लेक्समा बुधवार भयानक आगलागि हुँदा कमितमा दुईजना मानिसको ज्यान गएको प्रहरीलाइ उदरित गर्दै स्थानिय संचार माध्यमले जनाएको छ ।

स्थानिय समय अनुसारबिहान पाँच बजेर चालिस मिनेट जाँदा सेन्टारा ग्रायन्ड होटेलको आठौं तलामा लागेको आगोलाई पूर्णत नियन्त्रणमा लिइसकेकोछ । स्थानिय पत्रकारहरुले मारिने मध्ये एकजना भवनबाट खसेको बताएका छन् ।
सामाजिक संजालमा भाइरल भएका भिडियोहरुमा सो विशाल सपिंग मलबाट सयौं व्यक्तिको अग् िनियन्त्रकहरुबाट उद्धार गरिँदै गरेको देखिन्छन् । त्यसैगरी अन्य केहि फुटेजमा बैंककाको व्यस्त सडकमा आपतकाल सेवाका सवारी साधन दुर्घटनास्थल तर्फ जान खोजिरहेका देखिन्छन् ।

बैंककका गवर्नर आस्साविन क्वान्मुआंगले एकजनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको तथा र बाँकी सातजना घाइते भएको स्थानिय संचार माध्यमलाई जानकारी गराएका छन् । तर अस्पताल तथा प्रहरी अधिकारीहरुले भने दुईजनाको मृत्यु भएको मात्र पुष्टि गरेका छन् ।

आगलागि हुनुको कारण भने अझै सम्म स्पष्ट हुनसकेको छैन । सेन्ट्रल वल्र्डले आफ्नो फेसबुक पेज मार्फत आगलागि शुरु भएके करिव तिस मिनेट पछि नै त्यसलाई नियन्त्रणमा लिइएको जनाएको छ । यस सपिंग सेन्टरको वेव साइटमा यो बैंककको सबैभन्दा ठूलो तथा विशवकै एघारौं सबैभन्दा ठूलो कम्प्लेक्स भएका ेजनाइएको छ ।