आँखाबाट जिवित माहुरी निकालियाे

0
Shares

ताइपेइ,(एजेन्सी)
ताइवानमा डाक्टरहरुले एकजना महिलाको आखाभित्र चावटा जिवित माहुरी फेला पारेका छन् । तनिहरुले पहिलो पटक यस्तो आश्चर्यजनक घटना घटेको बताएका छन् ।

झारपात उखेल्दैगर्दा ति हि नामक ति २८ वर्षिया महिलाको आँखामा माहुरी पसेको बताइएको छ । फूयिन युनिभर्सिटी हस्पिटलका डाक्टर होंग चि तिंगले आफुले करिव चार मिमि ठूला ति माहुरीलाई खुटा तानेर उनको आँखाबाट निकाल्दा निकै आश्चर्य लागेको विविसिलाइ बताएका छन् ।

अस्पतालबाट डिस्चार्ज भइसकेकी हि अहिले पनि उपचारक ैक्रममा रहेकी छिन् । पसिनातर्फ आकर्षित हुने हालीक्तिदाय नाम ति माहुरी उनका आँखामा पसेकाहुन् । यस प्रजातिका माहुरीले उच्च प्रोटियुक्त मानव आँसु पनि पिउने गरेको कान्सास एन्टोमोलोजिकल समाजबाट गरिएको एक अध्ययनले जनाएको छ ।

आफ्ना एक नातेदारको समाधी वरपर उमे्रका झारपात उखेल्दै गर्दा ति माहुरी उनका बायाँ आँखामा छिरेका थिए । चीनको परम्परागत वार्षिक समाधि सरसफाई महोत्सव क्विंग मिंगको उपलषमा तिनी चिहानमा पुगेकी थिइन् । उनले अचानक हावाको झोंकासंगै आँखामा केहि पस्दा धुलो पसेको ठानेको तर घन्टौंसम्मप नि आाखा सुनेर दुख्न थालेपछि उपचारका लागि दक्षिणी ताइवानको सो अस्पतालमा पुगेको बताएकीछिन् ।