नेतान्याहु पुन: इजरायलको प्रम बन्ने

0
Shares

जेरुसेलम,(एजेन्सी)
इजरायलको आम निर्वाचनको बुधवार झण्डै सम्पूर्ण नतिजा आइसक्दा सम्म प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पाँचौं कार्यकालको स्थिती पक्का गर्ने संभावना देखिएको छ । अझैसम्म गठबन्धन सरकार मात्र बन्ने गरेको इजरायलमा फेरी नयाँ दक्षिणपन्थि गठबन्धन सरकार बन्ने स्थिती रहेको छ ।

नेतान्याहुको लिकुड पार्टीले मध्यमार्गी ब्ल्यु एन्ड व्हाइट गठबन्धनका अध्यक्ष तथा पुर्व सेना प्रमुख बेन्नी गान्तज दुवैले संसदको वरावर सिट जित्ने अनुमान गरिएको छ । तर इजरायलको १ सय २० सिट रहेको संसद अर्थात नेस्सेटमा लिकुड पार्टी दषिणपन्थि गठबन्धनको गरी ६५ सिटको सबैभन्दा ठूलो समुह बन्ने स्थानिय संचार माध्यमले जनाएको छ ।

६९ वर्षिय नेतान्याहुले विभिन्न भ्रष्टाचार सम्बन्धी मुद्धा खेपिरहेका छन् । तर चुनाव परिणाम अनुसार उनी इजरायलका संस्थापक नेता डेविड बेन गुरियनको किर्तीमानलाई उछिन्दै नेतान्याहर यसै वर्षको उत्तरार्धमा इजरायलको सबैभन्दा लामो समय पदमा रहने प्रधानमन्त्री बन्ने देखिएको छ ।

चुनाव अघिको अनित मत सर्भेक्षणले पनि नेतान्याहु र गान्तज दुवैका पार्टीले झण्डै वरावर सिट जित्ने भविषवाणी गरेको थियो । नेतान्याहुले हर्षित समर्थकहरुको समुहलाइृ सम्वोधन गर्दै भनेका छन् , ‘ दक्षिणपन्थि सरकार बन्नेछ तर प्रधानमन्त्री म नै हुनेछुँ । पाँचौं कार्यकालका लागि समेत विश्वासको मत दिलाएकोमा म इजरायली जनताबाट निक ैप्रभावित भएका ेछुँ ।

म दक्षिणपनिथ ,बामपन्थि , यहुदी र गैर यहुदी अर्थात सम्पुर्ण इजरायलीको प्रधानमन्त्री बन्न चाहन्छुँ ।’