गुल्मी महोत्सवमा उच्च राशिको पुरस्कारसहित नृत्य प्रतियोगिता

0
Shares

गुल्मी, (नेस)। गुल्मी महोत्सवमा खुला समूहगत नृत्य प्रतियोगिता शुरू भएको छ। गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत ३० गतेसम्म सञ्चालन हुने प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव एवं व्यापार मेलामा समूहगत नृत्य प्रतियोगिता राखिएको हो।

प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार १ सय ११, द्वितीय हुनेलाई ३१ हजार १ सय ११, तृतीय हुनेलाई २१ हजार १ सय ११ रुपिया“, सान्त्वना हुनेलाई ११ हजार १ सय ११ र सहभागीलाई प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएका छन्।

महोत्सवबाट बचत भएको रकममध्ये ४० प्रतिशत सामाजिक कार्य र अरू ६० प्रतिशत संस्थागत विकासमा खर्च गरिने आयोजकले जनाएका छन्। मेलामा प्रत्येक दिन ख्यातिप्राप्त हास्यव्यंग्य कलाकारको प्रस्तुति रहने छ।