संविधानविद् आचार्यको अतीत सार्वजनिक

0
Shares

सांगीतिक क्षेत्रमा अर्जुन मिलनको नामले स्थापित संविधानविद् एवं अधिवक्ता डा. भीमार्जुन आचार्यले आप्mनो चौथो गजल अडियो एल्बम अतीत सार्वजनिक गरेका छन्।

शनिबार राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित एक समारोहबीच कवि तथा गीतकार कालीप्रसाद रिजाल, गीतकार दिनेश अधिकारी, लोक गायक नारायण रायमाझी, प्राडा सनतकुमार वस्ती, प्रा. नारायण नेपाल र संगीतकार सन्तोष श्रेष्ठले सो एल्बम सार्वजनिक गरेका थिए।

कार्यक्रममा बोल्दै गीतकार कालिप्रसाद रिजालले अर्जुन मिलनमा बहुमुखी प्रतिभा भएको चर्चा गरे। ‘हाम्रो देशमा प्रतिभाको भरमा मात्रै बा“च्न सक्ने स्थिति हिजो पनि थिएन, आज पनि छैन र अझै कति समयसम्म त्यो नहुन सक्छ। तर त्यो प्रतिभालाई लुकाएर राखिरह“दा कुनै न कुनै समयमा झकझक्याउने काम गर्दछ, जुन अर्जुन मिलनले फेरि देखाउनुभएको छ।’ –रिजालको भनाइ थियो। संगीतकार सन्तोष श्रेष्ठले नेपाली संगीतको शुरुआत गजलबाट नै भएको बताए। ‘अतीत बाहिरबाट हेर्दा जति सुन्दर एल्बम छ, त्योभन्दा पनि एल्बमभित्रका गजल अति नै कर्णप्रिय छन्।’ –सन्तोषले भने। कार्यक्रममा डा. आचार्यले एल्बमको गजल गाएर सुनाएका थिए।

एल्बममा फूललाई दुख्यो होला तिमी चर्किंदा, मौनताको शहरमा हल्ला चलेको छ, एकान्तमा आ“सु बन्दै झर्ने बानी बसिसक्यो, ओठ तिम्रै गजल गुनगुनाइरहोस्, जीवनको सार बल्ल मिल्दै छ सुस्त सुस्त र अतीतस“ग आफूलाई साट्न पाए हुन्थ्यो बोलका ६ गजल संगृहीत छन्। यी गजलमा डा. आचार्य, सनतकुमार वस्ती, नारायण नेपाल, सुनील कोइरालाको शब्द तथा दीपक जंगम, यादव योगी र महेश खड्काको संगीत रहेको छ।