वर्थडेमा होमवर्क नगरेपनि छुट पाइन्थ्यो – वर्षा सिवाकोटी

0
Shares

रश्मी थापा
नायिका वर्षा शिवाकोटीले आइतबार आफ्नो २६औं जन्मदिन मनाएकी छिन्। उनले शनिबार राती करिब १२ बजे पहिलो शुभकामना दाइभाउजू, आमालगायत परिवारका सदस्यबाट पाइन् भने फ्यान साथीभाइ र अन्य व्यक्तिका तर्फबाट शुभकामना पाउ“दै गइन्।

आइतबार बिहान पशुपतिनाथ, मैतीदेवी र संकटाको मन्दिर गएर पूजा गरिन् भने त्यहा“ रहेका व्यक्तिलाई खानेकुरा बा“डिन्। फिल्म नाइ“ नभन्नु ल २ बाट रजतपटमा पाइला राखेकी वर्षाले पशुपतिप्रसाद, पुरानो बुलेट, वीरविक्रम २ लगायतका फिल्ममा अभिनय गरेकी छिन्। जन्मदिन अरू दिनभन्दा विशेष लाग्ने वर्षा बताउ“छिन्।

‘वर्थडेको दिन अरू दिनभन्दा स्पेसल लाग्छ। यो दिन धेरैजनाको शुभकामना पाइन्छ। आफूले नचिनेको मानिसले पनि शुभकामना व्यक्त गर्नुहुन्छ। त्यो भनेको मेरा लागि माया र सपोर्ट हो। सबैले सम्झ“दा खुसी लाग्छ।’ –उनले भनिन्। हिरोइन भइसके पनि अहिलेभन्दा सानो बेलाकै वर्थडे रमाइलो लाग्ने वर्षा बताउ“छिन्। ‘सानो बेलाको वर्थडेको रमाइलो छुट्टै थियो। केक काट्ने, चक्लेट बा“ड्ने, साथीहरूस“ग वर्थडे मनाउने गर्दा निकै रमाइलो लाग्थ्यो’, वर्षा भन्छिन्– ‘वर्थडेको दिन स्कुलमा होमवर्क गरेको छैन भने पनि छुट पाइन्थ्थो। आफन्तहरूस“ग भेट हुने कुराले पनि सानो बेलाको बर्थडे निकै रमाइलो लाग्थ्यो।’

सानो बेलामै नेपाल बन्दका कारण आफूले वर्थडे मनाउन नपाउ“दाको नमिठो क्षण पनि वर्षाको मनमा ताजै छ। ‘म २÷३ क्लास पढ्ने बेलामा नेपाल बन्द धेरै भइरहन्थ्यो। एकपटक बर्थडेकै दिन नेपाल बन्द प¥यो। एकदमै स्ट्रिक थियो। चकलेट पनि किन्न पाइएन, त्यसैले त्यो बेला वर्थडे नै मनाइएन निकै बोर भयो।’ –वर्षाले सुनाइन्।


वर्थडेका दिन उपहार पाइराख्ने वर्षाले आफूलाई साथीहरूले दिएका ग्रिटिङ कार्ड सुरक्षित राख्ने गरेकी छिन्। ‘मलाई ग्रिटिङ कार्डहरू निकै मन पर्छ। साथीहरूले पहिले पहिले दिएका कार्ड अहिलेसम्म पनि सजाएर राखेको छु।’ –वर्षाले भनिन्। दिनभर विभिन्न कार्यक्रममा व्यस्त वर्षाले बेलुका भने आफ्नो परिवारका सदस्यस“ग केट काट्दै जन्मदिनको खुसीयाली मनाएकी छिन्।