भारतले पाकिस्तानमाथि अर्को आक्रमण गर्ने तयारी गरिरहेको छः कुरैसी

0
Shares

इस्लामाबाद (एजेन्सी)
विश्वसनिय गुप्तचर जानकारी अनुसार भारत अप्रिलको तेस्रो हप्तामा पाकिस्तान विरुद्ध अर्को सैन्य कारवाही गर्ने तयारी गरिरहेको पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीले दावी गरेका छन् ।

पन्जाबको मुल्तान शहरमा एक संवाददाता सम्मेलनमा उनले भने– तयारी भइरहेको छ र पाकिस्तान विरुद्ध अर्को एउटा हमला हुने सम्भावना छ । हाम्रो गुप्तचरका अनुसार अप्रिल १६ –२० को बीच कारवाही हुन सक्छ ।
उनले भने– एउटा नयाँ नाटक मन्चन हुन सक्छ र जम्मु काश्मिरमा एक नयाँ घटना घटनाउन सक्छ , पुलवामा जस्तो र त्यसको उद्देस्य त्यसकै आडमा पाकिस्तानमा दबाव बढाउनु र आफनो कारवाहीलाई सही ठहर्याउनका लागि आधार बनाउन सक्छ ।

यो जानकारी प्राप्त भएपछि पाकिस्तानले यस विषयमा अन्तराष्ट्रिय समुदायलाई मात्र नभइ पाकिस्तानका जनतालाई पनि सुचित गरेको कुरैसीले बताए । पाकिस्तानले संयुक्त राष्ट्र सुरक्षा पपरिषदका स्थायी सदस्यहरुलाई पनि पहिले नै सुचित गरिसकेको उनले बताए ।

उनले भने– आज भन्दा दुई दिन अगाडी विदेश सचिवले इस्लामाबादमा रहेका पाँच देशका राजदुतलाई बोलाएको र उनीहरुलाई हामीसँग रहेका जानकारी अवगत गराएका छौं । अन्तराष्ट्रिय समुदाय यस गैर जिम्मेवार ब्यवहारमाथि निगरानी राखुन र भारतलाई सचेत गराउन भन्ने हामीले चाहेका छौं ।
यसबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि उक्त जानकारी देशमा साझा गर्न अनुमति दिएको उनले बताए । खानले भारतको सत्तारुढ भारतिय जनता पार्टीमाथि ‘भारतले पाकिस्तानको एफ–१६ खसालेको दावी ‘ लगातार गरिरहेको तर त्यो झुठो प्रमाणित भएको बताए ।

सन्चार माध्यममा आएका केही समाचारलाई उदृत गर्दै उनले भने– हालै मात्र सुरक्षा मामिलाको क्याबिनेट कमिटीको बैठक भएको थियो जसको अध्यक्षता प्रधानमन्त्री मोदीले गरेका थिए । त्यसमा तीनवटै सेनाका प्रमुख उपस्थिति थिए । उनीहरुले पाकिस्तानमाथि कारवाहीका लागि तयार रहेको बताएका थिए , उनीहरुले राजनितिक अनुमति चाहेको बताएका थिए । प्रधानमन्त्री मोदीले आफुले पहिले नै हात खुला गरिसकेको बताएका थिए ।

यस समाचारमाथि भारतिय अधिकारीहरुले खन्डन पनि नगरेको कुनै सफाई जारी पनि नगरेको कुरैसीले बताए । यस प्रकारको उत्तेजना फैलाउने कार्यबाट तनाव नयाँ स्तरमा पुग्ने पनि उनले बताए ।

तर कुनै पनि कारवाहीको जवाफ दिने अधिकार अन्तराष्ट्रिय कानुनले पाकिस्तानलाई दिएको उनले बताए ।