किन मेकअप नगरी आयौ ? मिस नेपालकी सहभागीलाईकोरियोग्राफर रचनाको हप्कीदप्की

0
Shares

न रोडिज शो, न त्यसखाले कुनै रियालिटी शो। तर, मिस नेपाल–२०१९ को अडिसनमा कोरियोग्राफर रचना गुरुङ शर्माले रियालिटी शोमा जसरी सहभागीलाई हप्कीदप्की लगाउने गरेको पाइएको छ। मिस नेपाल–२०१९ का लागि लिइएको अडिसन राउन्डमा त्यसको निर्णायकमध्येकी एक तथा मिस नेपालकै आधिकारिक कोरियोग्राफर रचना गुरुङ शर्माले सहभागी युवतीलाई गरेको व्यवहार र प्रश्नलाई लिएर उनी विवादमा परेकी छिन्।

मिस नेपालमा सहभागी हुन शृंगार नगरी चस्मा पहिरेर स्कुटर चढी अडिसनस्थल पुगेकी ललितपुरकी अस्मिता महर्जनलाई रचनाले मेकअपबिना अडिसनमा आएर कार्यक्रमको अनादर गरेको भन्दै हप्कीदप्की लगाएपछि उनी विवादमा परेकी हुन्।

हालै सार्वजनिक गरिएको छोटो भिडियो क्लिप्समा अस्मिता आफ्नो परिचय खुलाउ“दै भन्छिन्– ‘म ब्याचलर डिग्रीमा कम्युटर इन्जिनियरिङ गरिरहेकी छु। अहिले सेभेन्थ सेमेस्टरमा पढिरहेकी छु।’ भिडियोमा आयोजक संस्थाका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, निर्देशक सुवर्ण क्षत्रीलगायत अडिसनका निर्णायककै सामु रचनाले रिसाएको भावमा मिस अस्मितालाई सोध्छिन्– ‘तिमी किन मेकअप नगरी आयौ?’ अस्मिता कन्फिडेन्स प्रदर्शन गर्दै मुस्कुराएर जवाफ दिन्छिन्– ‘वास्तवमा मलाई मेकअप गर्नै आउ“दैन।’ रचना अझै कड्किन्छिन्। ‘मेकअप गर्न नआउने भए किन मिस नेपालमा आएको? अहिलेको एक्काइसौं शताब्दीमा मेकअप नै गर्न नआउने मान्छे मिस नेपालमा भाग लिन आएर मिस नेपालको गरिमालाई कमजोर बनाउन खोजेको?’ अस्मिता भने डराउ“दिनन्, भन्छिन्– ‘म सिक्छु।’ रचना थर्काउने भावमा भन्छिन्– ‘तिमी सिकेर आऊ। तिमीले मिस नेपालको प्लेटफर्मलाई अनादर ग¥यौ।’ उनी अझ थप्छिन्– ‘तिमीले लगाएको चस्माको पावर कति हो?’

अस्मिताले ‘माइनस फाइभ’ भन्ने जवाफ दिनासाथ ‘महिलाको भित्री सुन्दरताको खोजी’ भन्ने गरिएको मिस नेपालको अडिसनमा ट्रेनरसमेत रहेकी रचना फेरि सोध्छिन्– ‘तिमी कन्ट्याक लेन्स प्रयोग गर्छौ?’ अस्मिताले ‘गर्छु’ भनेपछि रचनाको अर्को ठाडो प्रश्न आउ“छ– ‘किन नलगाएको त?’ अस्मिता सहजै जवाफ दिन्छिन्– ‘म स्कुटरमा आउनुपर्ने थियो। काठमाडौंमा धूलो बढी हुने कारणले चस्मा प्रयोग गरेकी हु“।’

यो भिडियो क्लिप सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा भाइरल हुन पुगेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले मेकअपलाई मिस नेपालमा अनिवार्य बनाएको र मेकअप गर्न नजान्ने सुन्दरीलाई अपमान गरेको भन्दै विरोध गरिरहेका छन्। उनीहरूले अस्मितालाई बिनामेकअप नै राम्री देखिएको भन्दै उनको भने तारिफ गरेका छन्।

अस्मिताप्रति भएको यस्तो व्यवहारको बौद्धिक ढंगले विरोध गर्दै मिस नेपाल शृंखला खतिवडाले सामाजिक सञ्जालमा मेकअपबिनाको तस्वीर शेयर गरेकी छिन्। अस्मिताको समर्थन गरेको जनाउ दि“दै उनले तस्वीरको क्याप्सनमा लेखेकी छिन्– ‘नो मेकअप एन्ड स्टिल ब्युटिफुल।’ अर्थात् ‘मेकअप नगरे पनि सुन्दर।’ रचना गुरुङ शर्मा नायिका आना शर्माकी आमा पनि हुन्। अस्मिता यस वर्षको मिस नेपालमा प्रतियोगी नम्बर ८ का रूपमा स्पर्धा गर्दै छिन्।