अन्तरिक्षमा त्यही कुरा काम लाग्छ जुन हामी पृथ्वीमा सिक्छौ: एनी म्याक्लेन

0
Shares

वासिंगटन (एजेन्सी)
अमेरिकी अन्तरिक्ष एजेन्सीकी अन्तरिक्ष यात्री एनी म्याक्लेन गत बर्ष अन्तरिक्षमा अन्तराष्ट्र्यि अन्तरिक्ष केन्द्रमा ६ महिना विताएकी थिइन् । त्यहाँबाट फर्केपछि एनीले जर्ज टाउन डे स्कुलका बच्चाहरुसँग अनुभव साझा गरिन् । एनीले भनिन्, अन्तरिक्षमा त्यही कुरा काम लाग्छ जुन हामी पृथ्वीमा सिक्छौं ।

कुनै बेला अमेरिकाको रग्बी टिमका सदस्य रहेकी एनीले तालिमका क्रममा पानी भित्र पोखरीमा ६ घन्टा बिताउनु पर्ने बताइन् । प्रयोगशालाको ६ घन्टाको थकान ६० मिनेटको रग्वी खेलको बराबर हुन्छ । रग्बी खेलमा हुने मानसिक तथा सारीरिक हेल्थको तालिम अन्तरिक्षमा काम आएको उनले बताइन् ।
लेप्mिटनेन्ट कर्नल म्याक्लेन एनी २०१३ मा नासामा चयन भएकी थिइन् । त्यो भन्दा अगाडी अमेरिकाको लडाकु विमान पाइलट रहेकी थिइन् । उडानको करियर सुरु गर्नु अगाडी उनी हवाई ट्रफिक कन्ट्रेल प्लाटुनका प्रमुख रहिन् । इराक युद्धका क्रममा एनीले ८ सय घन्टा लडाकु विमान उडाएकी थिइन् । एनीसँग २० फरक फरक लडाकु विमानमा २० हजार घन्टा उडानको अनुभव छ ।

एनीलाई सानै देखि अन्तरिक्ष यात्री बन्ने सपना थियो । ३ बर्षको उमेरमा उनले आफनी आमालाई यसका बारेमा बताएकी थिइन् । उनले आफनो किताबमा पनि यो सपनाको बारेमा लेखेकी थिइन् । ६ बर्षको उमेरमा एनीले आफनो जन्म दिनको पार्टीमा साथीहरुलाई पहिले नै उपहारका रुपमा क्यालकुलेटर ल्याउन भनेकी थिइन् ।

अन्तरिक्ष, उद्दयन प्रति उनको झुकाव समय सँगै बढ्दै गयो । ९ बर्षको उमेरमा एनी अमेरिकन फिल्म ।।। टप गन ।।। हरेक दिन हेर्ने गर्थिन् । एक्सन ड्रमा फिल्म टप गनमा लडाकु विमान र आकासमा त्यसको उडानलाई देखाइएको थियो । एनीको यो लगाब उनका दाइलाई पागलपना लाग्न थालेको थियो । त्यसैले दाईले टपगन फिल्मको डिभिडी नै टुक्रा पारिदिए ।

हालै अन्तरिक्ष पैदल यात्राका लागि उनको नाम चर्चामा आएको भएपनि स्पेससुट उपलब्ध हुन नसकेकोले यस अभियानलाई स्थगित भएको छ ।
एनीको जन्म वासिंगटनमा सन् १९७९ जुन ७ मा भएको थियो । उनले युएस सैनिक एकेडमीबाट साइन्स इन मेकेनिकल एरोनोटिक इन्जिनियरिंगमा स्नाटक गरेकी छिन् ।