गोकुल घोरसाइने, बारा
बाराको फेटा गाउपालिका–६ का ४० बर्षिय साबुहुद्दिन अन्सारी मेघ गर्जन सहित असिनापानी पर्न शुरु भएपछि शनिबार राति घर बाहिर निस्केर आकास तिर फर्किएर आखा लगाउदै मात्र के लगाउनुभएको थियो एक्कासी आएको हुरी बतासले उहांलाई हुत्याएर लडाइदियो ।
हुरीबतासले उडाएर बारीको पाखामा पुगेका साबुद्दिनले जसोतसो ज्यान बचाएपछि तर घरभित्र रहेका ६५ बर्षीया आमा मिना खातुन र श्रीमती रविना र दुई भान्जीलाई सधाकालागि गुमाउनुभएको छ ।
इटाको पर्खाल र खपटाको छानो भएको अर्ध पक्की घरको पर्खालले थिचेर परिवारमा ४ जनाको मृत्यु भएको थियो ।
घाइते साबुहुद्दिनको परिवारमा जस्तै अधिकांशको ज्यान सुरक्षाको लागि भनेर आफै घरमा बसेको अवस्थामा गएको छ । ‘बाहिर असिना पानी पर्न लागेको थियो, उहांले भन्नुभयो– सुरक्षाको लागि घरभित्र बसेकाहरु मध्ये धेरैले ज्यान गुमाए ।’ मृत्यु र घाइते हुनेमा अधिकांश महिला, वृद्ध र बालबालिका रहेका छन ।
कमजोर संरचना भएका घर तथा सरकारी तथा स्थानीय निकायबाट तयार गरिएका अव्यवस्थित पुर्वाधार निर्माणले बारामा हावाहुरीबाट क्षती बढी गराएको पाइएको छ । हावाले विजुलीको पोल र घरहरु ढलेका र त्यसैले थिचेर सर्वसाधारणको ज्यान गएको स्थानीय जफिल आलम बताउनुहुन्छ ।
‘पिलर ढलान नगरी बनाइका प्राय सबै घर भत्केका छन, उहांले भन्नुभयो– मापदण्ड विपरित राखिएका विजुलीका पोल ढलेको र त्यसले क्षती पु¥याएको छ ।’ उहांका अनुसार जिल्लामा ६ भारतीय नागरिक सहित ३२ जनाको मृत्यु भएको र करिव ६ सय पक्की, अर्धपक्की र फुसका छाना भएका घर भत्केका छन । ंप्रमुख जिल्ला अधिकारी राजेश पौडेलले पनि कमजोर संरचनाका कारण क्षती बढी भएको बताउनुभयो ।
-४ भारतीय नागरिक पनि मारिए
-कमजोर घर र अव्यवस्थित पुर्वाधारले क्षति बढायो
-अस्पतालको अभावले बिरामीले सोचेजस्तो उपचार नपाएको गुनासो
प्रजिअ पौडेलले दिएको जानकारी अनुसार हावाहुरीले फेटा गाउपालिकामा सबै भन्दा बढी क्षती गरेको छ । सो गाउंपालिकाको वडा नम्बर १,३ र ६ का पुरैनिया, भलुहिभर्वोलिया, गछिया टोलका अधिकांश घर भत्केको छ । उहांका अनुसार हाताहतिको संख्या पनि बढी रहेको छ । उहांका अनुसार फेटा गाउंपालिकामामा १६, सुवर्ण र परवानीपुर गाउंपालिकामा २÷२ र कलैया उपमहानगरपालिका र पर्र्सौनी गाउपालिकाका १÷१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी कलैया, भलुहिभर्वोलिया र छतवास्थित छुट्टाछुट्टै इटा भट्टामा काम गर्ने ६ भारतीय नागरिकको पनि मृत्यु भएको छ । हुरीबतासले जिल्लाको महागढीमाई नगरपालिका, सुवर्ण र देवताल गाउंपालिकामा पनि सयौ घरमा क्षती पु¥याएको छ । चक्रवातको रुपमा तीब्र गतिमा आएको हुरीले फेटा गाउपालिकाको करिव २ सय मिटर उत्तर दक्षितको क्षेत्रमा मात्र क्षेति पु¥याएको देखिएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउसो जिल्ला अस्पताल कलैया पुगेर घाइतेसंग भेट गर्नुभएको छ । प्रधानमन्त्री ओलले घाइतेको उपचारमा कुनै कसर बांकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिनुभएको छ ।
आफ्नो पूर्व निर्धारित कार्यक्रम रद्ध गरेर झापाबाट नेपाली नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी प्रधानमन्त्री ओली हुरी प्रभावित क्षेत्रको हवाइ निरीक्षण समेत गर्नुभएको थियो । उहांले उद्धारमा लाग्न सबैलाई आग्रह समेत गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले घाइतेको उपचार संघीय सरकारले गर्ने घोषणा गर्नु भएको छ भने २ नम्वर प्रदेश सरकारले मृतकका परिवारलाई राहत स्वरुप ३ लाख दिने घोषणा गरेको छ । उता राष्ट्रिय जनता पार्टीले मृतकका परिवारलाई ५ लाख दिने घोषणा गरेको छ ।
उक्त घटनापछि सोमबार संघीय राजधानीबाट गृह मन्त्री रामबहादुर थापा, गृह सचिव, ३ वटै सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेनाका उच्च अधिकारीहरु समेत घटनास्थलमा पुगेर राहत तथा उद्धारमा जुटेका थिए । नेपाली सेनाले उद्धारकालागि २ नम्वर प्रदेशमा २ वटा हेलिकोप्टरलाई तैनाथी गरेको छ ।
उक्त हावाहुरीमा परी गम्भिर घाइते भएका १० जनालाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी काठमाडौको शिक्षण अस्पताल पु¥याएको थियो ।
त्यसैगरी प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले पनि मन्त्रीमण्डलका सबै सदस्य सहित हुरी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी घाइते तथा मृतकका परिवार सदस्यसंग भेटघाट गर्नुभएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले मृतक परिवारमा तत्काल ३ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने, हुरीबतासबाट पिडितको सहयोगको लागि मुख्यमन्त्री राहत कोष स्थापना गर्ने निर्णय गरेको मुख्य मन्त्रीका प्रेस संयोजक आतिस मिश्राले जानकारी दिनुभयो । त्यसैगरी भत्केका संरचना पुर्ननिर्माणको लागि सिफारिस गर्न ५ सदस्यीय समिति समेत गठन गरेको मुख्य मन्त्री राउतले जानकारी दिनुभयो ।
सोही समतिको सिफारिस आधारमा पुर्ननिर्माण कार्य शुरु गर्ने पनि उहांले जानकारी दिनुभयो । नेपाली सेना र नेपाल प्रहरीको टोलीले बिहानदेखि नै घाइतेको उद्धार तथा भङ्गनाभशेषमा परेको स्थानीयको सरसामान निकाल्ने कार्यमा तीव्रता दिएको छ ।
सो हावाहुरीमा परी घाईते भएका ६ सय ४ घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल बीरगन्ज, नेशनल मेडिकल कलेज बीरगन्ज, गण्डक अस्पताल बीरगन्ज, बीरगन्ज हेल्थ केयर, एडभान्स अस्पताल बीरगन्ज, कलैया अस्पताल बारा, तराई अस्पताल बीरगन्ज लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
घाईतेको संख्या अत्याधिक बढेपछि नेपाल प्रहरीले आफ्नो अस्पतालबाट आएको २ जना सिनियर चिकित्सक सहितको १९ जनाको टोली उपचारमा संलग्न रहेको छ ।
हवाहुरीबाट प्रभावित भएकाहरुकोलागि नेपाल प्रहरी श्रीमती संघले ५ हजार थान त्रिपाल र बिभिन्न किसिमका खाद्यान्नबितरण गरेको छ ।
हवा हुरीमा परी घरबार बिहीन भएकाहरुको राहत तथा उद्धारकालागि निजी क्षेत्रबाट समेत पहल शुरु भएको छ ।
हावाहुरी मापन गर्ने प्रविधि छैन: मौसमविद्
हरेक दिनको मौसमको भविष्यवाणी मौसम विभाग मातहतको जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्दै आएको छ । विगतमा निकै आलोचित हुने यो निकायको सूचना पछिल्लो समयमा मेल खान थालेपछि प्रशंसासमेत बटुल्न थालेको छ ।
तीव्र गतिको हावाहुरीले आइतबार साँझ क्षणभरमा मध्यतराईमा जनधनको क्षति पु¥याएपछि महाशाखा फेरि आलोचित भएको छ, सो निकायको सूचना कति विश्वसनीय भन्ने प्रश्न खडा हुन थालेको छ । भारतको मध्यप्रदेश, छत्तीसगढ र आसपासमा विकास भएको न्यूनचापीय प्रणाली (वर्षा गराउने प्रणाली) र मुलुकभित्रै विकास भएको स्थानीय वायुको दोहोरो प्रभावले मध्यतराईमा ठूलो जनधनको क्षति पुगेको छ । हावाहुरी र हुन्डरीको पूर्वानुमान गर्ने उपकरण र संयन्त्र नहुँदा बारा, पर्सा र आसपासका भेगमा ठूलो क्षति पुगेको महाशाखाका अधिकारी बताउँछन् ।
नेपालमा हावाहुरीको पूर्वानुमान गर्ने प्रविधि अभ्यासमा नहुँदा यस्तो सूचना अग्रिम रुपमा बताउन नसकिएको महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो । ‘सामान्यतया प्रि–मनसुनमा पश्चिमी वायु र मुलुकभित्रै विकास हुने मौसमी प्रणालीले केहीबेरमा मौसम हेरफेर भइरहन्छ’, उहाँले भन्नुभयो– ‘तर आइतवार छोटो अवधिमा यति धेरै ठूलो क्षति हुन्छ भन्ने हाम्रो अनुमान नै थिएन ।’ रिमालले प्रस्ट्याउँदै भन्नुभयो– ‘यस्तो विषयको अध्ययन÷अवलोकनका लागि नेपालमा उपकरण नभएकै हो ।’
आइतबार अपरान्ह्र पोखरा र आसपासका भेगमा विकास भएको स्थानीय वायुको साँझ परेपछि तीव्र गतिमा पूर्वतर्फ बहँदा र भारत हुँदै नेपाल भित्रिएको वायुको दोहोरो संमिश्रणले सो दुर्घटना भएको रिमालले जानकारी दिनुभयो । मध्यप्रदेश आसपासमा समुद्र सतहदेखि एक किलोमिटर हाराहारीको वायुमण्डलमा न्यून चापीय रेखा विकास भएकाले बंगालको खाडीको प्रभाव वायुमण्डलको तल्लो सतहबाट सजिलै नेपाल प्रवेश गरेको मौसमविद् बताउँछन् ।
हावाहुरीको वेगले घर, टहरा अन्य भौतिक संरचनासँगै सवारीसाधनमा पनि क्षति पु¥याएको छ । तर स्टेसन अभावमा वायुको वेग कति तीव्र थियो भन्ने यकिन हुन नसकेको महाशाखाका अधिकारी बताउँछन् । अहिले प्रि–मनसुनको मध्यसमय भएकाले अझै केही दिन हावाहुरीसहित असिना र क्षणिक वर्षाका गतिविधि दोहोरिने महाशाखाले जनाएको छ ।
एक दिनको पारिश्रमिक दिने
बारा र पर्साका हावाहुरी पीडितलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले एक विज्ञप्ति जारी गरी पीडितलाई राहत, क्षतिपूर्तिका साथै घाइतेको उपचारका लागि यथाशीघ्र उचित प्रबन्ध गर्न सरकारको ध्यानकर्षणसमेत गराउनुभएको छ ।











प्रतिक्रिया