उद्धार एवं राहत कार्यमा जुट्न कांग्रेसको अपिल


काठमाडौं (नेस) ।
नेपाली कांग्रेसले बारा पर्सा लगाएत तराईका केहि जिल्लामा आइतबार साझ अकस्मात आएको असिनापानी सहितको विनाशकारी आँधिहुरीको कारण पिडित बनेकाहरुको उद्धार र राहतको व्यवस्थापनमा खटिन तथा पुर्नस्थापनाको लागि सहयोग गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

साथै, विपतमा परि घाइते भएकाहरुको तत्काल उद्धार गरि आवश्यक सम्पुर्ण उपचारको व्यवस्था गर्न र अकालमा ज्यान गुमाउन पुगेका पिडित परिवारलाई राहत तथा क्षतिपुर्तिको व्यवस्था गर्न सरकारसंग आग्रह गरेको छ ।

काग्रेस सभापति शेरवहादुर देउवा र काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार छुट्टाछुट्टै अपिल सार्वजनीक गर्दै पिडितहरुको उद्धार र राहत व्यवस्थापनमा खटिन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका हुन । सभापति देउवाले प्रभावित क्षेत्रमा उपसभापति विमलेन्द्र निधिलाई खटाउनु भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले विपतको यस घडीमा सबै राजनीतिक दलका भातृसंग संगठनलाई पनि एकतावद्ध भएर उद्दार एवं राहत कार्यमा सकृयतापूर्वक जुट्न अपिल गरेको छ ।