प्रधानमन्त्री ओली झापाबाट सिधै हावाहुरी प्रभावित क्षेत्रमा


नेपाल समाचारपत्र, भद्रपुर ।
गएराती बारा र पर्सा जिल्लामा भएको प्राकृतिक विपत्तिमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली गएका छन् । ओली सोमबार दिउँसो १२ः२० बजे झापाको चन्द्रगडी विमानस्थलबाट नेपाली सेनाको स्काई ट्रक विमानबाट प्रधानमन्त्री ओली हवाहुरी प्रभावित जिल्ला बारा र पर्साका लागि प्रस्थान गरेका हुन् ।

गृहनगर दमकमा सोमबार विहान दुईवटा कार्यक्रममा सहभागि भएर ओली सो क्षेत्रमा गएका छन् । ओलीसँगै गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि जिल्लातर्फ प्रस्थान गरेका छन् ।

आइतबार राती भीषण हावाहुरीले बारा र पर्सा लगायतका जिल्लामा ठूलो संख्यामा मानवीय र भौतिक क्षति पुर्याएको जानकारी पाएलगतै गृह जिल्ला झापामा रहेकाओली सोमबार विहान दमकस्थित क्षेत्रीय पशुपंक्षी भवन उद्घाटन र नगर तथा वडाको पार्टी एकता सपथ ग्रहण कार्यक्रममा सहभागि भएका थिए । भारतीय राजदुतावासको सहयोगमा निर्मित गौरादहस्थित स्कुलचन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी हुन उनि सकेनन् ।

ओली झापा र मोरङ्का विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार गृह जिल्ला आएका थिए ।