लाखौँ रुपैयाँ मूल्य बराबरको यौनबद्र्धक औषधिसहित ४ जना झापाबाट पक्राउ


नेपाल समाचारपत्र, भद्रपुर ।
लाखौँ रुपैयाँ मूल्य बराबरको यौनबद्र्धक औषधि सहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । दक्षिणी झापाको कचनकवल गाउँपालिका १ कुटीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

औषधिमा संलग्न बाह्रदशी गाउँपालिका–४ का २२ वर्षीय इतियाज आलम, सोही ठाउँका २४ वर्षीय सम्दान हुसेन, २८ वर्षीय ताहिर आलम र भारत जङ्पुरी घर भई हाल वौद्ध–१ काठमाडौँ जोरपाटीका ३२ वर्षीय फुन्चोक लामालाई औषधि बोक्न प्रयोग गरिएको भ्यानसहित मे६प १०१६ नम्बरको र भारतीय वीआर ३७ जी १४४० को मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्लाका प्रहरी उपरिक्षक (एसपी) दिनेशराज मैनालीले जनाए ।बरामद गरिएका औषधिमा बे्रष्ट्रिम तेल, ओरल मैक्स,स्प्रे,एमाग्रा,फोरडिम लगायतका यौनबर्धक औषधि अन्दाजी २२ लाख रुपैयाँ मूल्य बराबरको रहेको एसपी मैनालीले जनाए ।

अस्थायी प्रहरी चौकी कुटीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुनमा रहेको विभिन्न ब्राण्डका यौनबर्धक आयूवेर्दिक औषधि नियन्त्रणमा लिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए । मे१च ४०६३ नम्बरको मारुती भ्यानमा औषधि राखेर बिर्तामोडतर्फ ल्याइँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी कुटीले जाँचका क्रममा नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठको भनाई छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको उनको भनाइ छ । पक्राउ परेकामध्ये लामा मुख्य व्यक्ति हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलाएको छ । ठूलो गिरोह हुनसक्ने भएकोले गहिरो अनुसनधान गरिने एसपी मैनालीको भनाइ छ । हालाइ एउटा व्यक्ति देखापरेपनि यो प्रयोग हुने कुनै केन्द्र रहेको र औषधि काठमाडौँ तर्फ लगेको हुनसक्ने प्रहरीको दाबी छ ।

बरामद औषधि, गाडि र मानिसलाइ आवश्यक कारबाहीका लागि औषधि विभाग क्षेत्रिय कार्यालय विराटनगर पठाइने प्रहरीले जनाएको छ ।
आठ लाखको अवैध सामान बरामद

झापाको मेचीनगर ६ बाट ७ लाख ७८ हजार ६ सय ६० रुपैयाँ मूल्य बराबरको अवैध सामग्री सहित सामान बोक्ने गाडी जनपथ प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छलि भन्सार कर्मचारीको मिलोमतोमा को १ ज २४४ नम्बरको पिकअप भेनमा ल्याउदै गरेको अवस्थामा प्रहरीले गाडिसहित सामान बरामद गरेको थियो ।

बरामद गरिएको सामग्रीमा लक्ता कपडा ,खाद्यन्य लगायत रहेको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताए । गाडिसहित सामानलाइ मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको उनले जानकारी दिए ।