संसदीय दलका उपनेता चयन


हेटौंडा,(नेस) ।
नेकपा प्रदेश–३ को संसदीय दलले संसदीय दलका उपनेता, मुख्य सचेतक र सचेतक चयन गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले नेताहरुको चयन गरेको हो ।

नेकपा प्रदेशको संसदीय दलका उपनेतामा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल चयन हुनुभएको छ । मुख्यमन्त्री निवासमा भएको संसदीय दलको बैठकले जम्कट्टेललाई उपनेतामा चयन गरेको हो ।

संसदीय दलको नेतासमेत रहनुभएका मुख्यमन्त्री पौडेलले दलको बैठकमा जम्कट्टेललाई उपनेता बनाउने प्रस्ताव गर्नुभएको थियो । नेकपा एमाले र नेकपा माओवादी एकीकरणपूर्व जम्कट्टेल नेकपा संसदीय दलका नेता हुनुहुन्थ्यो ।

बैठकले दलको मुख्य सचेतकमा रामेश्वर फुँयाल र सचेतकमा बुद्धिमान माझीलाई चयन गरेको छ । बैठकले प्रदेशको राजधानीको विषयलाई अब संसद्बाट टुंगो लगाउने विषयमा छलफल गरेको थियो ।