नेपाली कांग्रेसको आग्रहमा सुनुवाई समितिको बैठक दुई दिन पछि धकेलियो


गंगा बराल, काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा संसदीय सुनुवाई समितिको बैठक दुई दिन पछि धकेलिएको छ । प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस दिनेश थपलियाको सुनुवाई प्रक्रिया सुरु गर्न आइतबार बोलाइएको बैठक कांग्रेसको आग्रहमा मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको हो । अब मंगबार बस्ने बैठकले उनीहरुविरुद्ध उजुरी दिनका लागि अवह्न गर्नेछ ।

संवैधानिक परिषद्को केही दिनअघिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकमा परिषद् सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित हुनुभएको थिएन् । संसद सचिवालयका सहयक प्रवक्ता केशव अर्यालयका अनुसार ‘संविधानअनुसार प्रमुख प्रतिपक्षी दलको उपस्थितिमा मात्र परिषदले निर्णय गर्नुपर्छ । लगातार तीनवटा बैठकमा अनुपस्थित भएमा मात्र निर्णय गर्नुपर्छ । तर यसपटक त्यो गरिएन’ उनले भने ।

सभापति देउवाले परिषदलाई चैत ११ गतेसम्म मेरो व्यस्तता छ र २२ गतेसम्म अन्य पूर्वनिर्धारित कार्यक्रम भएकाले २२ गतेपछि गरौं भन्ने प्रस्ताव गर्दा बेवास्ता गरिएको उनले बताए ।