ओखलढुंगामा स्कार्पियो दुर्घटनाः ६ जनाको मृत्यु, ३ जना गम्भीर घाइते


लिला सुनुवार, ओखलढुंगा

ओखलढुंगामा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ । खोटाङको हलेसीबाट काठमाण्डौं जाँदै गरेको बा१६च २२०७ नम्बरको स्कार्पियो ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका ७ स्थित भण्डारे खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा २ जना महिला र ४ जना पुरुषको ज्यान गएको बताइए पनि सनाखत हुन सकेको छैन । अन्य तीन गम्भीर घाइतेको उदयपुरको घुर्मिस्थित आस्था अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी खटाइएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजीव श्रेष्ठले बताए ।