पनौतीमा अविवाहित महिलालाई पनि भत्ता

94
Shares

नेपाल समाचारपत्र, काभ्रे ।
पनौती नगरपालिकाले अविवाहित महिलालाई पनि मासिक भत्ता दिन थालेको छ । नगरपालिकाको आफ्नै स्रोतले उपलब्ध गराउने भक्ता लिन आइतवार नगरपालिकाको वडा नम्बर ४ मा चारजना महिला आएका थिए ।

वडा सचिव राजकुमार श्रेष्ठका अनुसार नगरपालिकाले ३५ वर्ष पुरा भएका अविवाहित महिलालाई मासिक भत्ता उपलब्ध गराउन थालेको हो ।

मासिक भत्ता लिन आइतवार वडा कार्यालयमा अविवाहित महिलाका साथै वृद्धवृद्धाको भीड लागेको देखिन्थो । पनौती वडा नंम्बर ४ मा मासिक भत्ता पाउने १ सय ८२ जना जेष्ठ नागरिक छन भने १ सय ६९ जना एकल महिला छन् । यो वडामा मासिक भत्ता पाउने अपाङ्गको संख्या २४ छ भने जेष्ठ दलितको संख्या ९ जना रहेको छ ।

सरकारको नीति अनुसार ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई मासिक २ हजारको दरले भत्ता उपलब्ध गराइन्छ भने एकल महिलालाई मासिक १ हजारको दरले भत्ता उपलब्ध गराइदै आएको छ । एकल महिलालाको उमेरहद हटाइएको छ ।

पुर्ण अपाङ्गलाई मासिक २ हजार उपलब्ध गराइन्छ भने आंशिक अपाङ्गलाई मासिक ६ सयको दरले भत्ता उपलब्ध गराइन्छ । भत्ता पाउने अपाङ्गहरुको पनि उमेरहद छैन । ६० वर्ष उमेर पुगेका जेष्ठ दलितलाई मासिक १ हजार उपलब्ध गराइदै आएको छ ।