सिफारिस गरिएका प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाइ सुरु


नेपाल समाचारपत्र, काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

थपलियाको सुनुवाइ प्रक्रिया अगाडि बढाउनका लागि संघीय संसदीय सुनुवाइ समितिले आइतबार बिहान ११ बजेबाट समितिको बैठक सुरु भएको बताइएको छ ।

गत ११ गते बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलियालाई नियुक्तिको सिफारिस गरेको थियो ।

थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा रहेकै बेला संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गरिएपछि सरकारको आलोचना हुँदै आएको छ ।

थपलियाले आफूले पदबाट राजीनामा दिइसकेको दाबी गरे पनि कर्मचारी समायोजन सकिएको जानकारी दिन मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा थपलियाले सचिवकै रुपमा आसनग्रहण गरेका थिए ।