जंगलमा मानव कंकाल भेटियाे

0
Shares

ताप्लेजुङ । सिरिजंघा गाउँपालिका– ३ सिकैचामा वेवारिसे मानव कंकाल फेला परेको छ ।

सिकैचा ओस्सेको खार्केडाँडामा पुरुषको जस्तो देखिने कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय गोठाला हरिस काट्न जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । कपाल फुलेको, कालो ज्याकेट, कलेजी रंगको सुरुवाल, सेतो स्पोर्ट जुक्ता लगाएको अन्दाजी ५ फिट २ ईन्च उचाई रहेको कंकाल भेटिएको हो ।

उक्त कंकाल सनाखत गर्न कोही पनि नआएकाले कंकाललाई ईलाका स्वास्थ्य केन्द्र तेल्लोकमा राखिएको जिल्ला प्रहरी कार्यालयको सञ्चारशाखाले जनाएको छ ।