उदयपुर । कटारी नगरपालिका–११ मा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ भने, दुई जना घाइते भएका छन् । सोलु करिडोरको ३२ केभिए प्रसारण लाइनका लागि हाइस्टेशन फलामको पोल गाड्न खाल्डो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो । माटोको ढिस्कोले पुरिएर सोही कम्पनीका कामदार स्थानीय २८ वर्षीय लीलाबहादुर विकको घटना स्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
घटनामा स्थानीय ३० वर्षीय तेजबहादुर विक गम्भीर घाइते भएका छन् । त्यसैगरी कटारी नगरपालिका १० बस्ने सूर्यप्रसाद खनाल सामान्य घाइते भएका छन् । दुवै जनालाई कटारी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ ।
खुकुरी प्रहारबाट एक जना घाईते
उदयपुरको बेलका नगरपालिका २ बानडाँडामा खुकुरी प्रहारबाट एक जना घाईते भएका छन ।
शनिबार दिउँसो १ बजेको समयमा स्थानिय सितु मान राईले आफ्नै घरमा बस्ने बुहारी ३० वर्षीया चन्दा राईसँग घरयासी ब्यावहारिक बिषयमा बिवादका क्रममा खुकुरी प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने सितुमान राईलाई प्रहरी चौकी भागलपुरले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया