विप्लव नेता ओलीलाई ३ दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

0
Shares

काठमाडौं ।
नेत्र विक्रम चन्द नेत्तृत्वको नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई सर्वोच्च अदालतले हाजिर गराउन सरकारलाई निर्देशन दिएको छ ।

उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

प्रहरीले हेमन्तलाई पक्राउ गरेपछि छोरी विपनाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

उनलाई प्रहरीले चैत ९ गते शनिबार काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ गरेको थियो ।