भारतीय विदेश सचिवद्धारा प्रम ओलीसंग भेटवार्ता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
भारतीय विदेश सचिव विजय गोख्लेले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्नुभएको छ । गाेख्लले बिहीबार बालुवाटारमा पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएकाे हाे ।

भेटमा आपसी हितका विषयमा छलफल भएको मन्त्रालय स्रोतले जानकारी दियो ।
गोख्ले नेपाली समकक्षी सचिव शंकरदास बैरागीसँग नेपाल–भारत सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न बिहीबार नै काठमाडौं आउनुभएको हो ।