भारतीय विदेश–सचिव आज नेपाल आउँदै

0
Shares

काठमाडौं, (नेस)
भारतीय विदेश सचिव विजय केशव गोखले नेपालको दुई दिने भ्रमणका लागि आज विहीवार काठमाडौं आउँदै हुनुहुन्छ । परराष्ट्र सचिव शंकरदाश बैरागीको औपचारिक निमन्त्रणमा उहाँ नेपाल आउँदै हुुनुहुन्छ ।

सचिवद्धय वीच नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुने र भ्रमणका क्रममा गोखलेले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै सचिव वीच विहीवार भेटवार्ता हुँदैछ । भारतीय विदेश सचिव गोखलेको यो पहिलो औपचारिक नेपाल भ्रमण हो ।