बुटवल । बुटवल उपमहानगरपालिका–४ को मैनाबगरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ।
छातिमा गोली लागेर गम्भीर घाइते भारतीय नागरिक फिरोज खानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलमा ग्यारेजमा काम गर्ने खानमाथि किन र कसले गोली प्रहार गर्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ।
पछिल्लो समय रुपन्देही र आसपासका क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै स्थानिय वासिन्दाहरुले चिन्ता व्यक्त गर्न थालेका छन्। गुण्डा नाइके मनोज पुनको प्रहरी इन्काउन्टरमा मृत्यु भएको एक बर्ष बितिसक्दा पनि बुटवलमा हत्या र फिरौतीका घटनामा कमि आएको छैन ।
दुर्गा तिवारीको हत्या देखी बलु पौडेल हुँदै अनिश पुरीको हत्याले रूपन्देही र बुटवलको आसपासको क्षेत्रलाई अपराधको जालोले मुक्त राख्न सकेको छैन । यतिसम्म कि जिल्ला सदरमुकाम भैरहवामा सुरक्षा प्रमुखहरु सहितको गोष्ठी चलिरहँदा २५ किलोमटिर मात्रैको दूरीमा रहेको देवदह नगरपालिकामा तरुण दलका कार्यकर्ता अनिश पुरीको हत्या भएको थियो ।
मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेको बेला अज्ञात समूहले उनीमाथि आक्रमण गरी हत्या गरेको थियो । एक महिनाको अबधिमा मात्र दुई वटा हत्याका रहस्यमय घटना हुनुले पनि रुपन्देहीका प्रहरी प्रमुख एसपी हदृय थापाको कमाण्ड असफल बनेको एक स्थानिय व्यबसायी वताउंछन् ।











प्रतिक्रिया