भोजपुरमा क्षयरोगीको तथ्याङ्क संकलनमा समस्या


गणेश विष्ट, भोजपुर ।
तथ्याङ्क संकलनमा समस्या हुदा क्षयरोगीको उपचारमा समस्या भएको छ । स्थानिय तह कार्यान्वयन भए पछि स्थानिय तहका स्वास्थ्य शाखाले त्यसको विवरण नराख्दा यस्तो समस्या भएको हो । भोजपुरमा नौ स्थानिय तह छन् जस मध्ये दुई स्थानिय तहले भने यो वर्षको विवरण नै निकालेका छैनन् ।

जिल्लाको अरुण गाउँपालिका र साल्पासिलिच्छो गाउँपालिकाले अहिले सम्म क्षयरोग लागेका विरामी संख्याको विवरण उपलव्ध नगराएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । बजेटको समस्याका कारण तथ्याङक संकलनमा ढिलाई भएको अरुण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धर्म नारायाण चौधरीले बताउनु भयो ।

जिल्लामा आर्थिक वर्ष ०७४÷०७५ को अन्त्यसम्म २८ जना र यो वर्षको हाल सम्म २३ जना गरि जम्मा ५१ जना पहिलो चरणका क्षयरोगका विरामी रहेका छन ।

सवै स्थानिय तहको विवरण आई नसेकेकोले केही तलमाथी हुन सक्ने कार्यालयले जनाएको छ । क्षयरोगीको विवरण नआउदा औसधी उपचारमा समस्या हुने गरेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख विनोद मिश्रले बताउनु भयो ।