भ्रामक र कपोकल्पित टिका–टिप्पणीप्रति नेपाली सेनाको ध्यानाकर्षण


काठमाडौं, आधिकारीक श्रोतले दिएको औपचारिक सूचना बाहेक पनि विभिन्न सैनिक श्रोतको हवला दिँदै केही सञ्चार माध्यमहरुले नेपाली सेना सम्बन्धी गरेका विभिन्न भ्रामक र कपो–कल्पित टिका–टिप्पणीहरु प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाले प्रेस विज्ञाप्ति पारी गर्दै भ्रामक र कपो–कल्पित टिका–टिप्पणीहरु प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

प्रेस विज्ञाप्तिमा– ‘नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारी प्रति सजग छ’ उल्लेख गरिएको छ । साथै सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराएको छ ।

त्यस्तै वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्व निर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको हुँदा आगामी दिनहरुमा भ्रामक समाचारहरुबाट भ्रममा नपर्न नेपाली सेनाले आग्रह गरेको छ ।