चुनावमा कांग्रेस नेता गगन थापालाई बम पड्काउने विप्लपका कार्यकर्ता समातिए


काठमाडौं । उपत्यकामा योजनाबद्ध तरिकाबाट बम बिष्फोट गराउँदै आएको नेत्रबिक्रम चन्द बिप्लप समुहका चार सदस्य पक्राउ परेका छन् । बम बिष्फोटन गराउने कार्यमा संलग्न ति व्यक्तिलाई महानगरीय अपराध महाशाखाको बिषेश टोलीले काभ्रेको रोशी खोला गाँउपालिकाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङका ३० बर्षीय नुम बहादुर बिक, भोजपुरका ३१ बर्षीय डिकेन्द्र राई, झापाका ३३ बर्षीय शिब धिमाल र सिन्धुपाल्चोकका ३३ बषिय बिशाल तमाङ रहेका छन् । पक्राउ परेका चारै जना बम बनाउने र बिष्फोटन गराउने समुहका रहेको महाशाखाका अनुसन्धानबाट खुलासा भएको छ । पक्राउ परेका धिमालले कक्षा ७ र सिन्धुपाल्चोकका तमाङले कक्षा ४ सम्मको अध्यन गरेका छन् ।

बिरोजगारको कारण यो समुह आपराधिक क्रियाकलापमा सक्रिय भएको प्रहरीको अनुमान छ । पक्राउ परेका बिशाल तमाङलाई गत प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापालाई लक्षित गरी बम पड्काएको आरोपमा पक्राउ परेका थिए । तमाङलाई राजिब तमाङका नामबाट मुद्दा चलेको थियो । दश हजार धरौटीमा छुटेको तमाङ पुनः अपराधिक क्रियाकलापमै सक्रिय रहेका थिए ।

यो समुह बिप्लबको बम बनाउने र बिष्फोटन गराउन सक्रिय हुदै आएको प्रहरीको दाबी छ । यहि समुहले २०७५ फागुण १० मा ललितपुर जिल्लाको नख्खुमा रहेको एनसिएल कार्यालय अगाडि बम बिष्फोटन गराएका थिए । सो बिष्फोटनमा एक जना सर्बसाधारणको मृत्यु भएको थियो ।

सोही बेलुका काठमाडौं कमलपोखरीस्थित लोत्सेचोकमा आगन मिठाई पसलमा समेत यहि समुहुले बम बिष्फोटन गराएका थिए । दुई साता लगत्तै समुहले २४ फागुणमा काठमाडौंको बसुन्धरास्थित रोहन गुरुङको घरमा समेत बम बिष्फोट गराएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।