होलीलाई आपसी मेलमिलाप र भाईचारको पर्वका रुपमा मनाउन आह्वान

0
Shares

यमलाल भुसाल, बुटवल ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाईने फागु अर्थात् होली पर्व आज पहाडी र हिमाली जिल्लामा मनाउने चलन भएपनि बुटवल क्षेत्रमा पनि होली मनाइएको छ ।

पहाडी जिल्लाबाट झरेका मानिसको बुटवलमा बाहुल्यता भएकाले बुटवलमा दुई दिननै होली मनाउने गर्दछन् ।

बुटवलमा सञ्चालित विभिन्न सामाजिक संघसंस्थाहरुले विशेष कार्यक्रमको आयोजना गरी होली मनाई रहेका छन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवल उद्योग वाणिज्य संघ, पाल्पाली समाज रुपन्देही, सञ्चारिका समूह लगायतका संघसंस्थाहरुले विशेष कार्यक्रमको आयोजना गरी होली मनाई रहेका छन् । भने नेपाल पत्रकार महासंघ रुपन्देहीले विहिवार होली मनाउने भएको छ । बुधवार पश्चिमाञ्चल यातायात व्यवसायी समितिले विशेष कार्यक्रमको आयोजना गरी होली पर्र्व मनाएको छ ।

समितिका कार्यवाहक अध्यक्ष खगराज गौतमको अध्यक्षता र महासचिव हरि कडेलको सञ्चालनमा एक कार्यक्रमको आयोजना गरी होली पर्व मनाईएको छ । उक्त कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन रानाभाट, महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, समितिका पूर्व अध्यक्षहरु महेन्द्र हमाल, गणेश पन्थ, कोषाध्यक्ष सिद्धार्थ उदय ,पूर्व कोषाध्यक्ष जीतबहादुर भाट, कार्यालय प्रमुख बाबुराम अधिकारी, लागायतले बोल्दै होली पर्वलाई आपसी मेलमिलाप र भाइचारको समबन्ध बढाउने गरी मनाउनु पर्ने धारणा राख्नु भएको थियो ।

त्यसैगरि बुटवल उद्योग वाणिज्य संघले संघका अध्यक्ष खेम हमालको अध्यक्षतामा होली मनाएको छ ।

सोही कार्यक्रममा बोल्ने सहभागि वक्ताले होली पर्वमा देखिएका विकृतिलाई हटाउंदै होली पर्वलाई सभ्य बनाउनु पर्नेमा जोड दिएका थिए । उनीहरुले होली लगायतका पर्वमा भित्रिएका विकृतिलाई हटाउनका लागि पर्वहरुलाई मर्यादित बनाउनु पर्ने र त्यका लागि आफुबाटै शुरु गनुपर्नेमा जोड दिएका छन ।

फोटो पश्चिमाञ्चल यातायात समितिद्धारा आयोजित होली मिलन समारोह ।