बन्दमा गाडी तोडफोड गर्ने एक जना समातिए

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर ।
झापामा बिप्लव नेतृत्वको माओबादीले गरेको बन्दको प्रभाव आंशिक देखिएको छ । दमक सगरमाथा पेट्रोलपम्प नजिकै को१ च ४७६० नम्बरको राईनो जिपमा बिहीबार बिहान ४ बजे तोडफोड भएको जनाईएको छ ।

तोडफोडमा संलग्न भएका दमक ५ सुनाखरीका अन्दाजी २७ वर्षिय धिरज न्यौपाने पक्राउ परेका छन् । न्यौपानेलाइ इलाका प्रहरी दमकले क्याम्पस मोडबाट नियन्त्रणमा लिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए ।

मुख्य पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलेपनि भित्रि सडकहरु सुनसान रहेका छन् । सधैजसो पसल तथा ब्यापार ब्यवसायहरु आंशिक खुुलेका छन् । बिद्यालय तथा क्याम्पसहरु भने बन्द रहेका छन् ।

बन्दको उल्लघन नगर्न माओवादीले चेतावनी दिएको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द खनाल झापामा रहेकाले सबै क्षेत्रमा प्रहरीको उपस्थिती बाक्लो देखिएपनि बन्दको प्रभाव भने सामान्य रुपमा परेको छ । यात्रुबाहक सवारी साधन भने ठप्प रहेका छन् । हालसम्म कुनै अप्रिय घटना झापामा नभएको प्रहरीले जनाएको छ ।