डिग्रे शाईकुमारी मन्दीरमा प्लाष्टिक निषेध

0
Shares

धनवीर दाहाल, रुकुम ।
प्रसिद्ध डिग्रे शाईकुमारी मन्दीरमा प्लाष्टिक प्रतिबन्द लगाइएको छ । कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थल रुकुम पश्चिमको डिग्रे शाईकुमारी मन्दिरमा अव देखि प्लाष्टिकको प्रयोग गर्न नपाईने भएको हो ।
प्लाष्टिकका कारण मन्दिरमा फोहोर बढ्न थालेपछि मन्दिर व्यवस्थापन समितिले मन्दिरमा प्लाष्टिकको प्रयोगमा बन्देज लगाएको छ । दर्शनार्थीहरुले पुजाका सामाग्रि मन्दिर सम्म लैजानका लागि प्लाष्टिकको प्रयोग गर्ने र उक्त प्लाष्टिक जथाभावि फाल्नाले मन्दिर परिषरमा फोहोर थुप्रिदै जान थालेपछि मन्दिरलाई प्लाष्टिक निषेधित क्षेत्रनै घोषणा गरिएको छ ।

प्लाष्टिकका कारण बढ्दै गएको फोहोर व्यवस्थापनमा चुनौति थपिन थालेपछि मन्दिरलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्नु परेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । टोल विकास समितीका अध्यक्ष गोबिन्द खत्रीको अध्यक्षता मा कार्यक्रम फाल्गुन १८ गते शनिबारका दिन एक कार्यक्रमका विच मुसीकोट नगरपालिका ५ थुर्पूमा रहेको मन्दिरलाई प्लाष्टिक मुक्त घोषणा गरिएको हो ।

मुसीकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष शुसिल गौतमले मन्दिरलाई प्लाष्टिक मुक्त घोषणा गर्नुभएको हो साथै मन्दिरको विकासको लागी मन्दिरको गुरु योजना बनेको छ त्यस अनुसार प्रदेश ,केन्द्रमा पहल गर्ने बताएका छन । बोल्ने बक्ताहरुमा मुसिकोट वडा ६ को अध्यक्ष बसन्त कुमार गौतम ,र मन्दिर का मुख्य पुजारी रामप्रसाद गौतम यो नयाँका कामको सुरुवात भएको छ यतो काम जिल्लाको सबै गाउँपालीका , नगरपालीका सिक्न अनुरोध गर्नु भएको छ अन्य फोहोरहरु कुहिएर जाने भएपनि प्लाष्टिक भने नकुहिने भएकाले मन्दिरमा फोहोर बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका सचिव चुडामणि गौतमले बताउनुभयो ।

प्लाष्टिकका कारण मन्दिर परिषरमा थाम्नै नसकिने गरी फोहोर बढ्न थालेपछि प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध लगाईएको उहाँको भनाई छ ।

अव मन्दिरमा प्लाष्टिक झोलाको साटो फाईबर झोलाको प्रयोगमा जोड दिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिर व्यवस्थापन समितिले मन्दिरलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्दै अव मन्दिर आसपासमा रहेका प्लाष्टिक व्यवस्थानको काम गर्ने जनाएको छ ।

जसका लागि मन्दिर आसपासमा फोहोर व्यवस्थापनका लागि आधा दर्जन बढी डस्टविनहरु राखिएको छ । त्यस्तै प्लाष्टिक लगाएतका फोहोर जलाउनका लागि प्रदुषण नफैलिने गरी व्यवस्था मिलाईएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।