दूर्घटना नियन्त्रणका लागि राडरद्वारा सवारीको गति नाप्ने अभियान शुरु

0
Shares

यमलाल भुसाल, बुटवल ।

प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलले दूर्घटना न्यूनिकरणका लागि सवारी साधनको गति मापन गर्ने ‘राडर’को प्रयोग शुरु गरेको छ ।

द्रुत गतिका कारण हुने दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले राडरको प्रयोग गरि गति मापन गर्ने र तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकलाई कारवाही गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक गणेश चन्दले बताउनु भयो ।

उक्त राडरले ८० मिटर सम्मको गति मापन गर्ने उहाँले बताउनु भयो । प्रहरीले पहिलो चरणमा गति नियन्त्रणका लागि चालकलाई सचेत गराउने र त्यसपछि पनि चालकले मापदण्ड भन्दा बढी गतिमा चलाएमा कारवाही गर्ने रणनीति बनाएको प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले बताउनु भयो ।

प्रहरीले मंगलबारदेखि बुटवल क्षेत्रमा राडरबाट गति मापन गर्न सुरु गरेको छ भने बुधवार देखि भैरहवा क्षेत्रमा पनि गति मापनसंगै चालकलाई गति सिमितताको बिषयमा जानकारी गराईएको र यो कार्यक्रमलाई क्रमशः प्रदेश भरीका १२ वटै जिल्लामा सञ्चालन गरिने पैदेश ट्राफिक प्रहरीले जनाएको छ । ओभर स्पिडका कारण सवारी दूर्घटना बढेकोले गति नियन्त्रणलाई अभियानका रुपमा कार्यक्रम संचालन गरिएको प्रहरी उपरिक्षक चन्दले बताउनु भयो ।