वैदेशिक रोजगारीमा पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ 

0
Shares

काठमाडौं,

वैदेशिक रोजगारीमा पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं बसुन्धरास्थित डेल्टा मेनपावरका संचालक सिन्धुपाल्चोक घर भएका राजन केसीलाई बानेश्वरबाट मंगलबार साँझ पक्राउ गरिएको छ । राजनले तुर्की देश पठाईदिन्छु भनी करिब ७० जनासँग प्रतिव्यक्ति ४ लाखका दरले पैसा उठाई हालसम्म विदेश नपठाएको सम्बन्धमा अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिइएको हो ।

पीडितहरुले राजनलाई बानेश्वरबाट नियन्त्रणमा लिएकोमा बैदेशिक रोजगार बिभागले आवश्यक कारवाहीको लागि प्रहरी कार्यालयमा पठाएको हो ।