किम जोंग नामको हत्याकाण्डमा संलग्न महिलालाई सफाइ


क्वालालम्पुर,(एजेन्सी)
उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनका भाई किम जोंग नामको हत्या गरेको अभियोग लगाइएकी इन्डोनेसिली महिलालाई रिहा गरिएको छ । सिती आइस्याह नामक ति महिला विरुद्ध लगाइएका हत्या सम्बन्धी अभियोग फिर्ता लिइएको हो ।

उनलाई सन् २०१७ मा मलेसियाको क्वालालम्पुर विमानस्थलमा किमको अनुहारमा खतरनाक तथा विषक्त भिएक्स नर्भ एजेनट दलेको अभियोग लगाइएको थियो । उनी र यहि आरोप लगाइएका अर्की भियतनामी युवती दोन थि हुओंगले किमको हत्यागरेको अस्विकार गर्दै आफुहरुले एउटा टेलिभिजनको प्रायन्कमा भाग लिने क्रममा मात्र किमको अनुहारमा आफुलाई थाहा नभएको केहि चिजे दलेको अडान लिँदै आएका थिए ।

एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी सम्पुर्ण मानिस सामु भएको हत्याकान्ड अन्तर्राष्ट्रिय खवर बन्न पुगेको थियो । लामो समय देखि रोकिँदै आएको यस हत्याकाण्डका ेमुद्धा सोमवार हुओँगको साक्षीको उपस्थितीमा पुन शुरु भएको थियो ।

तर वकिलहरुले सिती आइस्याह विरद्धको अभियोगा फिर्ता लिइएको जनाएका छन् । वकिलहरुले अभियोग फिर्ता लिइनुको कारण भने खुलाएका छैनन् । यदि दोष प्रमाणित भएको खण्डमा आइस्याहलाई मृत्युदण्ड हुन सक्थ्यो ।
इन्डोनेसियाली कानुन मन्त्रीलाई पठाइएको एक पत्रमा मलेसियाको महान्यायाधिवक्ताले दुई देशबिचको सौहार्द सम्बन्धलाई ध्यानमा राखेर यो निर्णय लिइएको उल्लेख गरेका छन् ।

तर मलेसियाली न्यायिक सुत्रले अभियोग फिर्ता लिइए तापनि उनलाई रिहा गरिन सक्ने स्पष्ट भइनसकेको पनि जनाएको छ । अदालतबाट बाहिरिने क्रममा आइस्याहले आफुलाई निक ैखुशी लागेको तथा आफु विरुद्धका अभियोग यसरी फिर्ता लिइउला भनी आशा पनि नगरेको पत्रकारहरुलाई बताएकी छिन् ।

सन् २०१७ को १३ फेब्रुअरीमा क्वालालम्पुरबाट मकाउ जान विमान पर्खिरहेका किम जोंग नाममाथि ति दुई महिलाले हमला गरेका थिए । उत्तर कोरियाले त्यतिवेला नै उक्त हत्याकाण्डमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको थियो ।