काल नआएपछि कस्को के लाग्छ ?


अदिस अबाबा (एजेन्सी)
इथियोपियामा भएको वोइंग विमान दुर्घटनामा १ सय ५७ जनाको मृत्यु भयो । तर एन्टोनिस मावरोपोलोस त्यो भाग्यमानी ब्यक्ती बने जसले उक्त विमानको निर्धारित यात्रा छुटाए ।

मावरोपोलोस फेसबुकमा ‘मेरो भाग्यशाली दिन‘ शिर्षकमा यस विषयमा पोस्ट गरेका छन्, मलाई समस्या भइसकेको थियो, किनभने कसैले पनि मलाई समयमा गेट सम्म पुग्न मद्दत गरिरहेको थिएन ।

पोस्टमा उनले आफनो टिकटको तस्विर पनि पोस्ट गरेका थिउ । गैर मुनाफाखोरी संगठन इन्टरनेसनल सलिड वैस्ट एसोसिएसनका अध्यक्ष मावरोपोलोस संयुक्त राष्ट्र पर्यावराण कार्यक्रमको वार्षिक सभामा भाग लिन नैरोबी प्रस्थान गर्ने तयारीमा रहेको एथेन्स समाचार एजेन्सीले जनाएको छ ।
उनी प्रस्थान ढोका बन्द हुने दुई मिनेटपछि त्यहाँ पुगेका थिए र विमानमा यात्रा गर्नबाट बन्चित रहे । त्यसपछि पनि उनले एक उडानको टिकट बुक गरे तर विमानस्थलका कर्मचारीहरुले उनलाई उडान भर्न रोक लगाए । ‘अधिकारीले मलाई विरोध गर्नका लागि नभएर भगवानलाई धन्यवाद दिन भन्न थाले । किनभने इटी ३०२ उडानमा चढ्न नपाएका म मात्र एक यात्री थिए, जुन विमान केही समयपछि नै दुर्घटनाग्रस्त भएको थियो । ‘

उक्त समाचार सुने आफु हतप्रभ भएको उनले पोस्टमा स्विकारेका छन् । विमानस्थलका अधिकारीहरुले उनलाई केही सोधपुछ गर्न चाहेको बताए , किनभने उनी नै एक मात्र यात्री हुन जसले उक्त उडानको टिकट बुक त गराए तर यात्रा गर्न पाएका थिएनन् । मावरोपोलोसले भने– उनीहरुले मेरो परिचयको क्रसचेक गर्नु अगाडी जान दिन नसक्ने बताए । किनभने मैले उक्त विमानमा यात्रा गर्न पाएको थिएन ।