कारागार भवन जीर्ण हुदा कैदीलाई समस्या

0
Shares

गणेश विष्ट, भोजपुर ।

जिल्ला कारागार कार्यालय भोजपुरको भवन जीर्ण हुँदा कैदीबन्दीलाई बस्न समस्या भएको छ । २०७२ वैखाख १२ गते आएको भूकम्पको कारण भवन जीर्ण बनेको हो । भवन चारैतिर जीर्ण हुदाँ समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

भवन जीर्ण बनेपछि भवनभित्रका सबै कोठाहरू प्रयोग हुन सकेका छैनन् भने कैदीहरूका लागि पनि कम्पाउन्ड पनि पर्याप्त नभएको कारागारले जनाएको छ । त्यस्तै कैदीहरुलाई सुत्न वस्न ज्यादै समस्या भएको छ । कैदीले सौचालयको प्रयोग गर्न समेत लाईन वस्नु पर्ने बाध्यता छ । भवन जीर्ण भएको कारण कतिवेला के दुर्घटना हुने हो भन्ने समेत आकलन गर्न नसकिने अवस्था रहेको कारागार प्रमुख खगेन्द्र अधिकारीले बताउनु भयो ।

कारागारमा कैदीहरूको संख्या पनि क्षमताभन्दा बढी रहेको छ । कारागारको कैदी राख्ने सक्ने क्षमता ३० पुरुष र १० महिला गरी ४० भए पनि अहिले सो ठाउँमा १ सय ३ जना कैदी रहेका छन् । जीर्ण कारागार भवनलाई मर्मत गरी कैदीहरू राखिएको छ ।